Shittalpati
निर्वाचन घोषणापछि ७ दल खारेज, ७ दल दर्ता
निर्वाचन घोषणापछि ७ दल खारेज, ७ दल दर्ता निर्वाचन आयोगमा चुनाव घोषणापछि ७ दल खारेज भएका छन् भने ७ दल दर्ता भएका छन् । आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप नयाँ ७ दल दर्ता भएकोमा यस अघिका ७ वटा दल घारेज भएका हुन् ।
तानसेन सहकारीले मनायो १७ औं साधारणसभा
तानसेन सहकारीले मनायो १७ औं साधारणसभा तानसेन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो साधारणसभा मनाएको छ । २०६५ सालमा स्थापना भएको सहकारीले विविध कार्यक्रम गरी १७ औं साधारणसभा तानसेनमा मनाएको हो ।
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै छ ।  हरेक वर्ष  जस्तै यस  वर्ष पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
भोको पेटमा राष्ट्रवादको भजन कहिले सम्म ?
भोको पेटमा राष्ट्रवादको भजन कहिले सम्म ? आजभोली  काजी अमर सिंह थापा, भीमसेन थापा, भक्ती थापा, बलभद्र कुवँर लगायतको देशभक्तीलाई चटक्कै बिर्साउने  गरी आधुनिक राष्ट्रवादको सिद्धान्त विकास हँुदै गएको देखिन्छ । यसले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई पनि बिर्साइदिएको छ ।  
सहनशीलता आवश्यक
सहनशीलता आवश्यक सहनशीलता महत्वपूर्ण मानवीय गुण हो, जसले मानिसलाई कठिन परिस्थितिमा पनि आत्म नियन्त्रण र धैर्यसाथ व्यवहार गर्न उत्प्रेरित गर्छ । यो गुण मानव जीवनका विभिन्न क्षेत्रमा अत्यन्त उपयोगी र प्रभावकारी र अपरिहार्यसमेत छ ।
तानसेनमा एमाले पाल्पाको  शक्ति प्रदर्शन, संसद पुनःस्थापनाको मागसहित विरोधसभा
तानसेनमा एमाले पाल्पाको  शक्ति प्रदर्शन, संसद पुनःस्थापनाको मागसहित विरोधसभा नेकपा एमाले पाल्पाले संसद पुनःस्थापनाको मागसहित  तानसेनमा विशाल विरोध प्रदर्शन गरेको छ । हजारौ जनताको सहभागितामा सम्पन्न विरोध  प्रदर्शनमा  संसद पुनः स्थापना मार्फत अहिले देशमा देखिएको संवैधानिक संकट समाधान गर्न सकिने एमाले वक्ताहरुले जोड दिएका छन् ।
तानसेनमा लायन्स क्लवद्वारा मजदुरहरुको निःशुल्क मधुमेह परीक्षण
तानसेनमा लायन्स क्लवद्वारा मजदुरहरुको निःशुल्क मधुमेह परीक्षण जिल्लाको तानसेनमा मजदुरहरुको निःशुल्क मधुमेह परीक्षण गरिएको छ । लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीले विश्व मधुमेह दिवसको अवसरमा तानसेन–६ बसपार्कमा ज्याला मजदुर र यातायात मजदुरहरुको मधुमेह परीक्षणसँगै सचेतना कार्यक्रम गरेको हो ।   
कागतीखेतीबाट तीन महिनामा ९ लाख आम्दानी
कागतीखेतीबाट तीन महिनामा ९ लाख आम्दानी कृषिमा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिएका छन्। पोखरा महानगरपालिका(३१ खनास्वाराका टुकाराम लामिछाने कागतीखेतीबाट तीन महिनामा झण्डै रु ९ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् ।
कागतीका बोट मर्न थालेपछि किसान चिन्तित
कागतीका बोट मर्न थालेपछि किसान चिन्तित जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। तीन महिना अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन्। सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुन थालेको छ। सुरुमा बोट पहेँलो हुने र एक महिनामा सबै सुक्ने समस्या रहेको छ।
मधुमेह रोगबारे सचेत बनौँ
मधुमेह रोगबारे सचेत बनौँ विभिन्न चेतनामूलक कार्यक्रम गरी शुक्रबार विश्व मधुमेह दिवस मनाइएको छ ।  मधुमेहको जोखिम, रोकथाम र यसको उपचार कसरी गरिन्छ भन्ने चेतना फैलाउन हरेक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाउने गरिन्छ ।  
Weather Update