Shittalpati
नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा
नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा पाल्पाको कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकले कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको कोरोना बिमा गरेको छ । संस्थाले कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना भाइरसबाट हुनसक्ने सम्भावित जोखिमबाट बच्नका लागि प्रति कर्मचारी एक लाख र ५० हजार बराबरको कोरोना बिमा गरिदिएको हो ।
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’ राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकोमा गुनासो गरेका छन् । सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामलखन चमारले बजेटमा आगामी वर्ष विपन्न, अपाङ्गता भएकाका बालबालिका, शहीदका...
काँग्रेसले नचिनेको चकोरमान
काँग्रेसले नचिनेको चकोरमान विहान करिब ९ बजे तिर मेरो मोवाइलको घण्टी बज्न थाल्यो, म भर्खरै शारिरिक ब्यायम गरेर कोठामा प्रवेश गर्दै थिए । फोन तानसेनबाट मित्र भीमसेन कार्कीले गर्नु भएको रहेछ । धेरै भूमिका नबाधी उहाँले अत्यन्तै दुखद खबरको जानकारी दिनुभयो । चकोर काका हामीलाई छोडेर जानुभयो ! उहाँको कुरा कल्पन नै नगरेको...
भर्ना गर्न हतार नगरौं
भर्ना गर्न हतार नगरौं विश्वभर फैलिएको कोरोना महामारीका कारण देशभरका शैक्षिक संस्थाहरु ठप्प छन् । लामो समयदेखिको लकडाउनका कारण पठन–पाठन बढी प्रभावित भए । कोरोना जोखिम बढ्दै गएपछि सरकारले लकडाउनलाई थप बढाउँदै लगेको छ । तर निजी विद्यालयहरुले भने जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने बताएपछि चासो र चिन्ता बढेको छ ।
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीका दलित अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका छन् । आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गर्दै जातिय छुवाछुत र विभेदको अन्त्य गरौं भन्ने लेखिएका प्ले कार्ड हातमा लिएर धर्ना समेत दिएका थिए ।
पाल्पामा किट अभावका  कारण रोकियो स्वाव संकलन
पाल्पामा किट अभावका कारण रोकियो स्वाव संकलन जिल्लामा कोरोना भाइरस परीक्षण गर्ने किट अभाव भएको छ । किट नभएपछि विदेशबाट फर्केकाहरू विनापरीक्षण घर फर्किएका छन् । जसले गर्दा पाल्पाका ग्रामीण क्षेत्र उच्च जोखिममा रहेका छन् । किट नभएपछि भारतीय सिमा नाकाबाट जिल्ला भित्रिएका सबै नागरिकहरुको कोरोना परीक्षणको नमुना संकलन कार्य रोकिएको छ ।
पाल्पामा पनि देखियो तीन जनामा कोरोना ‘पोजेटिभ’
पाल्पामा पनि देखियो तीन जनामा कोरोना ‘पोजेटिभ’ पाल्पा,अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार एक्कासी तीन जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ रहेको प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवाले जनाएको छ ।
माथागढी सरकारद्वारा कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा
माथागढी सरकारद्वारा कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा जिल्लाको माथागढी गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी र जनप्रतिनिधिहरुको कोरोना बीमा गरिदिएको छ । गाउँपालिकाले महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुको कोरोना बीमा गरिदिएको हो ।
Weather Update