गुल्मीमा ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु
शुक्रबार, असार २६, २०७७
पहिरोमा परी चारको मृत्यु, नौ घाइते
शुक्रबार, असार २६, २०७७
अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज बिहान अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह
शुक्रबार, असार २६, २०७७
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए ।
पाल्पाली नारी स्रष्टाद्वारा लिखित ‘आँकुरा’ गजल संग्रह सार्वजनिक
शुक्रबार, असार २६, २०७७
तानसेनमा ‘आँकुरा’ गजल संग्रह सार्वजनिक गरिएको छ । पाल्पाली नारी स्रष्टाद्वारा लिखित गजल संग्रह एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पा आफ्नो पाँचौ साधारण सभाका अवसरमा उक्त संग्रहको सार्वजनिक गरेको हो ।
यसपाली जात्रा, चाडपर्वहरुले विश्राम लिएकै हुन् त ?
शुक्रबार, असार २६, २०७७
यसपाली जात्रा, चाडपर्वहरुले विश्राम लिएकै हुन त ? यतिबेला सबैका मन मनमा यि प्रश्नहरु उब्जिएका छन् । प्रश्न उब्जिनु पनि स्वभाविक नै हो । विश्वरभर फैलिएको कोरोना महामारीले विश्व नै आक्रान्त छ । शैक्षिक संघसस्था, सार्वजिनिक यातायातहरु सबै ठप्प छन् । आमनागरिकहरुका कोरोनाको त्रास छ ।
विपद् व्यवस्थापनको तयारी थालौं
शुक्रबार, असार २६, २०७७
हरेक वर्ष दोहोरिरहने बाढी, पहिरो र डुबानले यस वर्ष पनि क्षति पुर्याएको छ । वर्षायाम सुरु भएसँगै बाढी तथा पहिरोका कारण धनजनको क्षति भइरहेका समाचार बढ्दै गएका छन् । यस्तो बाढीपहिरोको समस्या देशको पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्रमा फैलिएको छ ।
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित
शुक्रबार, असार २६, २०७७
बारीमा लगाएको खुर्सानी र टमाटर बारीमै कुहिँएपछि पाल्पा र गुल्मीका कृषक चिन्तित बनेका छन् । बारीमा लगाएको टमाटरमा किरा लाग्नु र बजारमा लैजानका लागि तयारी भएको खुर्सानीले बजार नपाई बारीमै कुँहिदा कृषक चिन्तित बनेका हुन् ।
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक
शुक्रबार, असार २६, २०७७
जिल्लामा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक निर्माण गरिएको छ । भौगोलिक बनावटलाई हेरी विभिन्न तरकारीको बाली ब्लक निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई प्रोत्साहित गर्दै उत्पादनमा वृद्वि गर्न बालीको ब्लक स्थापना गरेको छ । केन्द्रले इस्मामा कोदो ब्लक, अर्खाबाङ्गमा आलु, ठूलोलुम्पेक र रेसुङ्गा नगपालिकामा तरकारी ब्लक,...
यसरी सम्झियो ज्ञानमाला संघले भिक्षु डा.ज्ञानपूर्णिकलाई
बिहीबार, असार २५, २०७७
ज्ञानमाला संघ, आनन्द विहार तानसेनले नेपालका पुज्यापाद सातौ संघनायक अग्ग महापंडित धम्माचार्य श्रध्देय भिक्षु डा.ज्ञानपूर्णिक महास्थविरलाई एक कार्यक्रम गरी सम्झिएको छ । संघले उपचारका क्रममा असार १९ गते काठमाडौंको सुमेरु अस्पतालमा दिवंगत भएका भिक्षु डा. महास्थविरको सातौ दिनको पूण्य तिथिमा श्रद्धाञ्जली तथा दिप प्रज्वलन गरी सम्झिएको हो ।
पाल्पाका थप ११ जना संक्रमितले कोरोना जिते, घर फर्कने संख्या ७० पुग्यो
बिहीबार, असार २५, २०७७
जिल्लामा थप ११ जना संक्रमितले कोरोना जितेका छन् । बिहीबार मात्र पूर्वखोला गाउँपालिकाका ११ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् । गाउँपालिकामा निको भएर घर फर्कनेको संख्या १२ पुगेको छ ।
आलेख : स्थानीय तहका न्यायिक समिति ओझेलमा
बिहीबार, असार २५, २०७७
नेपालको संविधानले स्थानीय तहका उपप्रमुखहरुलाई स्थानीयस्तरमा हुने विवादित विषयमा न्याय निरुपण गर्ने अधिकारको व्यवस्था गरेको छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति गठन पनि भएका छन् । स्थानीयस्तरमा आइपर्ने फौजदारी अभियोग बाहेकका सबै मुद्दाहरुमा न्याय निरुपण गराउने अधिकार संविधानले नै यी समितिहरुलाई दिएकोे छ ।


