पहिरोले रामपुरमा दुई घर पुरियो
सोमबार, साउन ५, २०७७
कोरोनाको त्रासले पाल्पामा रगत अभाव, विरामी जोखिममा
सोमबार, साउन ५, २०७७
एक हप्ता अघि जिल्लाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीका ३९ वर्षका भिमबहादुर विष्ट नियमित जस्तै मृगौलाको डायलासिस गराउन लुम्बिनी मेडिकल कलेज प्रभास पुगे । अस्पताल ल्याएको केही बेरमा चिकित्सकले उनको शरीरमा रगतको मात्रा ज्यादै कम भएकाले तुरुन्त ‘ओ’ पोजेटिभ समूहको रगत ल्याउन आफन्तलाई अह्राए । आतिएका आफन्तले रगतका लागि सबै तिर...
प्रकृतिको जगेर्ना गरौं
सोमबार, साउन ५, २०७७
विश्वव्यापी बढ्दो जनसंख्या र फैलिँदो विकासका कारण प्रकृतिको विनास हुँदै गएको छ । विकास हुनु आफैमा सकारात्मक भएपनि विनास निम्त्याउने गरी भएको विकासले भने नकरात्मक असर पारेको हुन्छ । प्रकृतिको विनाशका कारणले दैनिक रुपमा महशुस हुने गरी वायु प्रदुुषण र जल प्रदुुषण प्रमुख समस्याका रुपमा देखापरेका छन् ।
अवरुद्ध तानसेन–बुटवल सडक खण्ड खुल्यो
आइतबार, साउन ४, २०७७
पहिरोका कारण अवरुद्ध तानसेन–बुटवल सडक खण्डा खुलेको छ । अविरल वर्षका कारण पहिरो जाँदा शनिबार विहानदेखि अवरुद्ध तानसेन नगरपालिका–८, गौडेपुल नजिकै सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको पहिरो हटाएपछि सडक खुलेको हो । सडकदेखि माथिबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
सामाजिक सुरक्षा भत्ता कटौतीका विषयमा गुल्मीमा पनि विरोध
आइतबार, साउन ४, २०७७
नेपाल सरकारले पेन्सनवालाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने गरेको निर्णय प्रति देशैभरका भूपु सैनिकहरु विरोधमा उत्रिएका छन् । गुल्मीमा पनि भारतीय पेन्सनवालाहरुले सरकारले पेन्सनवालाहरुका लागि सामाजिक सुरक्षा भत्ता कटौती गर्ने गरेको निर्णय प्रति विरोध जनाएका हुन् । नियमित रुपमा विभिन्न सेवा सुविधा पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्थाको विरुद्ध...
पाल्पामा थप ७ जना निको भएर घर फर्किए
आइतबार, साउन ४, २०७७
जिल्लामा आइतबार थप ७ जना निको भएका छन् । जिल्लाको पूर्वखोला गाउँपालिकाका एक जना, रम्भा गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका एक जना, रिब्दीकोट गाउँपालिकाका एक जना र तानसेन नगरपालिकाका तीन जना संक्रमित निको भएका हुन् । थप ७ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय १६ पुगेको...
भूपु सैनिकको भत्ता कटौती गर्ने सरकारको निर्णयको रामपुरमा विरोध
आइतबार, साउन ४, २०७७
विदेशबाट पेन्सन लिने नागरिकहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयसँगै देशैभरका भूपू गोर्खा सैनिकहरुले विरोध जनाएका छन् । देशका विभिन्न स्थानमा विरोध प्रदर्शन, धर्ना, र्याली तथा ज्ञापन पत्र बुझाउने कार्य भैरहेको छ । यता जिल्लाको पूर्वी क्षेत्रका भूपू सैनिकहरुले पनि रामपुरमा विरोध र्यालीसंगै ज्ञापन पत्र बुझाएर निर्णय फिता लिन माग...
विदेशमा कोरोनाबाट थप १६ नेपालीको निधन
आइतबार, साउन ४, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो ।
पहिरोको त्रास
आइतबार, साउन ४, २०७७
वर्षायाम सुरु भएसँगै पहाडका नागरिक यतिबेला प्राकृतिक विपद्का घटनाले त्रसित छन् । प्राकृतिक विपद्का घटनाले गर्दा अहिले पहाडमा पहिरोले दर्जनौं घर जोखिममा परेका छन् भने कैयौ विस्थापित भएका छन् । पहाडी क्षेत्रमा घर मात्रै पुरिएका छैनन् नागरिकले ज्यानसमेत गुमाइरहेका छन् ।
परम्परागत पर्व र घण्टाकर्ण गथामुग
आइतबार, साउन ४, २०७७
आज घण्टाकर्ण गथामुग । ग्रह दशा कटाउने दिन । तर यसपाली विश्वव्यापी रुपमा फैलिएको कोरोनो महामारीका कारणले भीडभाड र जमघट गर्न नहुने भनिएकाले घण्टाकर्ण मनाउने काम पनि हुने भए न नै । प्रत्येक वर्ष आजको दिन टोल–टोल, चोक–चोकमा घण्टाकर्ण राक्षसको प्रतिकात्मक पुतला बनाई दिनभर राखी साँझतिर सेलाइन्छ । आफ्ना घर...
कृषि क्षेत्रमा बैंंकहरुले १५ प्रतिशत लगानी गर्नुपर्ने
आइतबार, साउन ४, २०७७
अबदेखि नेपालमा बैंकहरुले कृषि क्षेत्रमा १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । विगतमा १० प्रतिशमात्र कृषि क्षेत्रमा लगानी गर्दै आएका बैंकहरुले अबदेखि १५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने भएको हो ।
रम्भा गाउँ सरकारको बजेट, कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत
आइतबार, साउन ४, २०७७
जिल्लाको रम्भा गाउँपालिकाले आगमी आर्थिक वर्षको बजेट कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत गरेको छ । गाउँ सरकारले आफ्नो गाउँ आत्मनिर्भर बनाऔँ अभियानका साथ बजेटको ठूलो हिस्सा २ करोड ७७ लाख ५० हजार कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको...


