Shittalpati
पाल्पा जेसीजमा नयाँ नेतृत्व : वर्ष ०२४ ले गर्‍यो पद हस्तान्तरण
पाल्पा जेसीजमा नयाँ नेतृत्व : वर्ष ०२४ ले गर्‍यो पद हस्तान्तरण पाल्पा जेसीजमा सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्यको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वर्ष २०२५ का लागि शाक्यको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।
लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा
लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा जिल्लाको रामपुरमा लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा तथा छलफल भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१  र २०८१/८२ योजना कार्यक्रमको लैङ्गिक समानता र सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा सहित छलफल गरेको हो ।
स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै
स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्‍यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउन्छन् । 
कर्मकाण्डी नबनोस् सहिद सप्ताह
कर्मकाण्डी नबनोस् सहिद सप्ताह माघ १० गतेदेखि सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ ।
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले  समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूूर्ण रहेको बताएका छन् । शुक्रबार काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूर्ण रहेको बताएका हुन् ।
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग (ब्रेक थ्रु) छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्जुअलमार्फत शुक्रबार सुरुङ छिचोल्नका लागि स्विच थिचेपछि पाल्पा र बुटवल दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो ।
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन जिल्लाको बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएका छ । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण भएको चार तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअलमार्फत उद्घाटन गरेका हुन् ।
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । 
पाल्पामा ११ महिनामा ७४ जनाले गरे आत्महत्या
पाल्पामा ११ महिनामा ७४ जनाले गरे आत्महत्या जिल्लाको रामपुर नगरपालिका–८ रातमाटाकी २२ वर्षीया मनिषा श्रेष्ठले गत जेठ ३० मा आफ्नै घरको कोठामा पंखमा पासो लगाई आत्महत्या गरिन् । त्यसअघि माथागढीका एक पुरुषले पनि डोरीको पासो लगाई आत्महत्या गरे । पाल्पामा आत्महत्या घटनाका यी केही उदाहरण हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म ७४ जनाले...
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष...
शिक्षा दिवसको सन्दर्भ
शिक्षा दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष...
Weather Update