गगन थापालाईभावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
पाल्पा,नेपाली कांग्रेसले सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैंठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैंठकले सर्वसम्मत रुपमा पारित गरेको छ । देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको नेपाली काँग्रेसले जनाएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचितपछि पहिलो पटक पार्टी कार्यालय पुगेर थापाले शुक्रबार पदवहाली गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२
प्रतिक्रिया दिनुहोस्


