पाल्पा, स्थानीय बजारमा सुनको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । बुक्रबार पनि सुनको भाग ठूलो मात्र बढेको छ । विहीबारको को तुलनामा यस प्रतितोला सुन ९ हजार २ सय र चाँदी ३ सय २० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४ सय र त्यति नै चाँदीको मूल्य ६ हजार १ सय ९० कायम भएको छ । गत बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १ सय र त्यति नै चाँदीको ५ हजार ९ सय २० कायम भएको थियो ।
मङ्गलबार एक तोला छापावाल सुनको २ लाख ८४ हजार ७ सय र त्यति नै चाँदीको ५ हजार ८ सय ८० कायम भएको थियो । गत आइतबार एक तोला सुन २ लाख ७८ हजार ८ सय र त्यति नै चाँदी ५ हजार ६ सय २५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ८ सय १० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९ सय ६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


