अविरल वर्षाका कारण पाल्पामा पहिरो, ३ घर पुरिदा ६ बेपत्ता
बिहीबार, असोज ८, २०७७
न्याय प्राप्तिको संघर्षबाट कहिल्यै विचलित हुँदैन : सभापति श्रेष्ठ
बुधबार, असोज ७, २०७७
नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जतिबाधा कष्ट परे पनि बर्बर राज्य आतङ्क नसहने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हजार घात खान तयार रहेको तर न्याय प्राप्तिको संघर्षबाट विचलित नहुने उल्लेख गरेका छन् ।
संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन !
बुधबार, असोज ७, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको
छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज
बुधबार, असोज ७, २०७७
नेपालमा कोरोना संक्रमितको दरमा वृद्धि भए पनि निको भएर घर फर्कर्नेको संख्या पनि उत्तिकै दरमा वृद्धि भएको छ । बुधबार एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण
बुधबार, असोज ७, २०७७
जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको हो ।
कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित
बुधबार, असोज ७, २०७७
पहिराले घरमा क्षति पुर्याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको छ । गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर विकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको हो ।
मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा
बुधबार, असोज ७, २०७७
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।
पाल्पाको रिब्दीकोटमा महिला मृत अवस्थामा फेला
बुधबार, असोज ७, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । रिब्दिकोट २ धाराधी बस्ने केशव लाम्टांगे मगरको श्रीमति ३२ वर्षीया पद्मा लाम्टांगे घर नजिकैको सडकमा मृत अवस्थामा फेला परेको प्रादेशिक प्रहरीले जनाएको छ ।
फरार अभियुक्त पक्राउ
बुधबार, असोज ७, २०७७
बहुबिबाह मुद्दाको फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा अदालबाट बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका तिनाउ गाउँपालिका ३, दोभानका ४१ वर्षिय नारायण खरेल पक्राउ परका हुन् ।
पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध
बुधबार, असोज ७, २०७७
पाल्पा–बुटवल सडक खण्डमा अवरूद्ध बनेको छ । मंगलबारदेखि परेको अबिरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका ५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
मनसुन थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै
बुधबार, असोज ७, २०७७
केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए ।
गुल्मी घटना आफैमा दुःखद्
बुधबार, असोज ७, २०७७
गुल्मी जिल्लामा देखिएको तनावले देशव्यापी रुप लिएको छ । नेपाली काँग्रेसका नेता र कार्यकर्ता स्तरबाट विज्ञप्ती निकाल्ने र घटनाप्रति आपत्ती जनाई रहने कार्यले गर्दा सरकार र गृहप्रशासनको कार्यकुशलता प्रति प्रश्न खडा भएका छन् ।
डिजिटल पेमेन्ट मार्फत विदेशबाट रेमिट्यान्स पठाउन सक्ने
बुधबार, असोज ७, २०७७
अब विदेशमा काम गर्ने श्रमिकहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न निर्देशन दिएको हो ।


