Shittalpati
वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध
वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि विहिबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।
गुल्मीमा आगलागी र पहिरो : गोठ भत्किदा लैनो भैसी मर्‍यो
गुल्मीमा आगलागी र पहिरो : गोठ भत्किदा लैनो भैसी मर्‍यो जिल्लाको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेक गोरडाडाका रुद्रलाल फौजाको गोठमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । सोही वडाको ग्याझा स्थित वलजित बहादुर तरामुको गोठ पहिरो पुर्दा लैनो भैंसी पुरिएर मरेको स्थानीय समाजसेवी पहलमान फौजाले जानकारी दिए ।
पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता पहिरामा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पाल्पाका ठाउँ–ठाउँमा पहिरो : मानवियसँगै भौतिक क्षति
पाल्पाका ठाउँ–ठाउँमा पहिरो : मानवियसँगै भौतिक क्षति तीन दिनदेखि निरन्तर परेको वर्षाका कारण पाल्पाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये एकको शव भेटियो
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये एकको शव भेटियो पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये एक जनाको शव भेटिएको छ । फोक्सिङ्कोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको शव भेटिएको हो ।
एनसेलले ल्यायो थप आकर्षक योजना
एनसेलले ल्यायो थप आकर्षक योजना एनसेलले आफ्ना ग्राहकहरुका लागि थप आकर्षक योजना ल्याएको छ । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्ने भएका छन् ।
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’ गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाण्डौँद्वारा प्रकाशित बाल साहित्यकार सीता बिष्ट कार्की (सीबिका) द्वारा लिखित बाल कथा संग्रह ‘सिकारी बा’ (२०७६) भित्र संग्रृहित कथाका सार सन्देशहरु यस प्रकार रहेका छन् ।
प्रतिक्रान्तिको बहस र सम्भावना
प्रतिक्रान्तिको बहस र सम्भावना राजनीति शास्त्रका प्रसिद्ध प्राध्यापक डा. लोकराज बरालले नेपालमा प्रतिक्रान्तिको आधार विकास हुँदै गएको विचार प्रकट गर्नु भएपछि राजनीतिको गन्तव्य कतातिर मोडिँदै छ सन्देह पैदा भएको छ । डा. बराल कुनै आधारविना विचार प्रकट गर्नुहुनेमा पर्नुहुन्न ।
प्राकृतिक प्रकोप र हाम्रो नियति
प्राकृतिक प्रकोप र हाम्रो नियति भारतमा बनेको उच्च चापीय क्षेत्र एक्कासी बिलाएका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ । यसपालीको मनसुन सकिने समय सेप्टेम्बर २३ मा हो, तर मंगलबारदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ ।
प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम
प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम प्रेमको प्रतिकका रुपमा रहेको ‘रानीमहल दरबार’ जाने सडकको पिच गर्ने काम धमाधम भइरहेको छ । अहिले रानीमहल दरवार जाने सडकमा दिनहुँ सडक पिचको काम भइरहेको छ ।
निरन्तरको वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो, सडक अवरुद्ध
निरन्तरको वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो, सडक अवरुद्ध सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बुटवल पाल्पा सडक खण्डको कालिमाटी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो ।
Weather Update