पाल्पामा आइतबार थप ८ जनामा कोरोना पुष्टि
आइतबार, कात्तिक २३, २०७७
रेडियोग्राफी दिवस र यसको प्रयोग
आइतबार, कात्तिक २३, २०७७
हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।
कोरोना कहर : थला पर्दै कुखुरापालन व्यवसायी
आइतबार, कात्तिक २३, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण कुखुरापालन व्यवसायी समेत थला परेको छ । महामारीका कारण कुखुराको मासुको खपत नहुनु र महङ्गो मूल्यमा चल्ला र दाना किनेर सस्तोमा कुखुरा विक्री गर्नुपर्दा उठ्नै नसक्ने गरी कुखुरापालन व्यवसायी थला परेको हो ।
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त
शनिबार, कात्तिक २२, २०७७
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका २१ जना...
फरवार्ड माइक्रो फाइनान्सले दियो मृत्यु दावी बिमा रकम
शनिबार, कात्तिक २२, २०७७
फरर्वाड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाले मृत्यु दाबी बिमा रकम भुक्तानी गरेको छ । संस्थाको पाल्पा शाखाले जिल्लाको रिब्दीकोट गाउँपालिका २ का पदम कला बुढाथोकीको श्रीमान केशरबहादुर लाम्टाङ्गेलाई धितो कर्जा वापतको सदस्य बिमा रकम हस्तान्तरण गरेको हो ।
पाल्पाको तिनाउमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको तिनाउ गाउँपालिका १ कचलमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु भएको छ । जंगलमा बाख्रा चराउन गएका सोही स्थानका टिका कुमारी गाहाको छोरा सुरज गाहा विजुलीको पोलमा चढ्दा शनिबार दिउँसो घाइते भएका थिए ।
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर तानसेनका एक युवकको मृत्यु
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ७ रानीघाट स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर तानसेनका एक युवकको मृत्यु भएको छ । शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तानसेन नगरपालिका १ गैरागाउँका २१ वर्षीय विनित बस्यालको मृत्यु भएको हो ।
चर्चरे, सराई –आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्दै
शनिबार, कात्तिक २२, २०७७
चर्चरे, सराई–आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्न लागेको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको चार करोड बढी लगानीमा पक्की पुल बन्न लागेको हो ।
रामपुरमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको रामपुरमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रामपुर नगरपालिका २ भलायटारका हाकिम बहादुर थापालाई गोठमा लुकाएर राखेको अवैध एक नाले भरुवा बन्दुक सहित प्रहरीले पक्राउ हो ।
सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबाको वैकल्पिक मार्ग बन्ने
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाभित्र पर्ने सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबा सडकको वैकल्पिक मार्ग बन्ने भएको छ । संघीय, प्रदेश र रैनादेवी छहरा सरकारको समपुरक बजेटमार्फत पिचको कार्य अगाडि बढेकाले पाल्पा सहित गुल्मी, अर्घाखाँची, रुपन्देही, बागलुङ लगायत जिल्लाका नागरिकहरुका लागि सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबा सडकको वैकल्पिक मार्ग बन्ने भएको हो ।
एनसेलको अभियान, कोरोना सम्बन्धी सचेतना
शनिबार, कात्तिक २२, २०७७
फोन, इन्टरनेट मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको एनसेल आजियाटा लिमिटेडले कोरोना सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो अभियान सञ्चालन गरेको हो ।
जथाभावी जडीबुटी सेवन नगरौं
शनिबार, कात्तिक २२, २०७७
कोरोना भाइरस अर्थात् कोभिड–१९ महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो भाइरसको संक्रमण निको पार्ने खोप तथा औषधीहरु परीक्षणकै चरणमा छन् ।


