रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु
सोमबार, कात्तिक २४, २०७७
तिहारअघि नै सुक्यो सयपत्री
सोमबार, कात्तिक २४, २०७७
यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।
पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण
सोमबार, कात्तिक २४, २०७७
गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो ।
कुमारी बैंकको बोनसदर बढ्यो, नगद लाभांशदर घट्यो
सोमबार, कात्तिक २४, २०७७
कुमारी बैंक लिमिटेडको बोनसदर बढेको छ भने नगद लाभांशदर घटेको छ । बैंकले बोनस र नगद लाभांश संशोधन गरेसँगै दरमा परिवर्तन आएको हो ।
थप जटिल बन्दै कोरोना
सोमबार, कात्तिक २४, २०७७
पछिल्लो समय कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । कोरोना भाइरस नियन्त्रणको प्रयास जति गरेपनि संक्रमण दर झन् बढ्दै गएको हो । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि मृत्यु हुनेको संख्या झन् बढिरहेको छ ।
आन्तरिक पर्यटक बढ्दै
सोमबार, कात्तिक २४, २०७७
‘‘प्राकृतिक दृष्टिकोणले रमणीय स्थल रहेकाले पर्यटकहरु यस क्षेत्रमा टहलिन रुचाउँछन् । उद्यानभित्र पुग्ने सिँढी, सुरक्षाका लागि रेलिङ, फूल रोप्नका लागि क्यारी, फोटो खिच्ने स्थल लगायतका संरचना निर्माण गरिएको छ ।’’
पाल्पामा बलात्कार विरुद्ध प्रदर्शन
आइतबार, कात्तिक २३, २०७७
देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि पाल्पामा पनि यसको विरुद्ध प्रदर्शन गरिएको छ । पाल्पाका युवतीहरुले कालो पहिरन लगाएर विभिन्न नाराहरु लेखिएको प्लेकार्ड प्रस्तुत गर्दै विरोध जनाएका छन् ।
नेपालमा एकै दिन २८ सय १२ कोरोना संक्रमित डिस्चार्ज
आइतबार, कात्तिक २३, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न जिल्लाका २ हजार ८ सय १२ कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।
अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति
आइतबार, कात्तिक २३, २०७७
संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएकी छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय भएकी हुन् ।
बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रामपुरमा जोर–बिजोर प्रणाली
आइतबार, कात्तिक २३, २०७७
जिल्लाको रामपुर नगरपालिकामा कोरोना संक्रमणको बढ्दो जोखिमाई मध्यनजर गर्दै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । कोरोना संक्रमणको थप जोखिम बढेपछि नगर सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन आइतबारदेखि सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरेको हो ।
माछाबाट जीविका
आइतबार, कात्तिक २३, २०७७
तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे ।
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
आइतबार, कात्तिक २३, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकोमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकोमा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।


