Shittalpati
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु

बुटवल, कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा सोमबार थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।

मधुमेह रोगबाट ग्रसित उनको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन् । एक सातासम्म अस्पतालको सघन उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । –रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update