Shittalpati
फरवार्ड माइक्रो फाइनान्सले दियो मृत्यु दावी बिमा रकम

पाल्पा । फरर्वाड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाले मृत्यु दाबी बिमा रकम भुक्तानी गरेको छ । संस्थाको पाल्पा शाखाले जिल्लाको रिब्दीकोट गाउँपालिका २ का पदम कला बुढाथोकीको श्रीमान केशरबहादुर लाम्टाङ्गेलाई धितो कर्जा वापतको सदस्य बिमा रकम हस्तान्तरण गरेको हो ।

संस्थाले मृतक सदस्य पदम कलाले २०७७ असोज ५ गते लिएको धितो कर्जा वापतको ५ लाख रकम समेत मिनाह गरिदिएको छ । कर्जा लिने सदस्यहरुका लागि संस्थाले बिमा गरिदिदै आएको छ । सोही बिमा बापतको ६ हजार नगद मृतका श्रीमान लाम्टाङ्गेलाई संस्थाका शाखा प्रमुख नरबहादुर साउदले वडा सदस्य पुनम विक मार्फत हस्तान्तरण गरेका हुन् । मृतक बुढाथोकीको गत असोज ६ गते मुटुको उपचारका क्रममा मृत्यु भएको थियो । उनको संस्थाबाट कर्जा लिएकै अर्को दिन मृत्यु भएको हो । धितो कर्जा लिदा आर्थिक सुरक्षा हुने गरेको कम्पनी शाखाका प्रवन्धक साउदले बताए । मृत्यु दावी रकम बुझ्दै मृतकका श्रीमान लाम्टाङ्गेले दुःखमा पनि कम्पनीले देखाएको सहयोग र सद्भावको प्रशंसा गरे ।

माइक्रो फाइनान्सले विगत लामो समयदेखि देशका विभिन्न ४० जिल्लामा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले ग्राहकको दैलोमा पुगी सहज सेवा प्रवाह गर्दै आएको जनाएको छ । संस्थाले समुदायमा गई समूह निर्माण गरी बिना धितो समूहकै जमानी व्यक्ति तथा समूहगत कर्जा प्रदान गर्छ । न्यून आय भएका तर केही उद्यम गर्न चाहनेलाई ऋणका साथै उद्यमका लागि व्यक्ति वा समूहलाई आवश्यक तालिम पनि प्रदान गर्ने गरेको छ । संस्थाले विशेषगरी उन्नत जातको गाईपालन, तरकारी खेती, स्वास्थ्य सेवालगायतमा तालिमका साथै कर्जा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update