रामपुर नगरपालिकाकी उपप्रमुख थापा सम्मानित
बिहीबार, माघ २४, २०८१

त्रिविले खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा
बिहीबार, माघ २४, २०८१
त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । समयसिमा कटेका ३/४ वर्षे स्नातक तहका सम्पूर्ण परीक्षार्थी र २०५६ सालमा भर्ना भई प्रथम पटक प्रथम वर्षको स्नातकोत्तर तहको परीक्षामा सम्मिलित परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।

विद्यार्थीलाई छात्रवृत्ति वितरण
बिहीबार, माघ २४, २०८१
मुना मेमोरियल ट्रष्ट रामपुरले विद्यार्थी छात्रवृत्ति वितरण गरेको छ । स्वर्गीय मुना अधिकारी पौड्यालको स्मृतिमा स्थापित ट्रष्ट मार्फत रामपुरस्थित जनकल्याण माध्यमिक विद्यालयकी छात्रा सावित्री गैरेलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न जरुरी
बिहीबार, माघ २४, २०८१
नयाँ विचारको प्रचार–प्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम सामाजिक सञ्जाल विस्तारै निरासा पोख्ने, अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै गएको छ ।

गुल्मी सुदुरपूर्व : इलाका प्रशासन नहुँदा नागरिक मर्कामा
बुधबार, माघ २३, २०८१
जिल्लाको सुदुरपूर्वमा पर्ने कालीगण्डकी गाउँपालिका– ७ का रमेश विश्वकर्मा राहदानी बनाउन सदमुकाम तम्घास पुगेर घण्टौं लाईन लागे ।

माथागढीमा टिपर दुर्घटना : चालकको मृत्यु
बुधबार, माघ २३, २०८१
जिल्लाको माथागढी गाउँपालिका–५ सुर्कावासमा टिपर दुर्घटना भएको छ । माथागढी– ६ रहवासदेखि ढुङ्खा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपर बुधबार दिउँसो दुर्घटना भएको हो ।

पोखराथोकमा एक पुरुष मृत फेला
बुधबार, माघ २३, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोकमा एक पुुरुष मृत फेला परेका छन् । रामपुर नगरपालिका– ३ चनौली घर भई हाल बगनासकाली गाउँपालिकाको पोखराथोकमा बस्दै आएका ५६ वर्षीय रेम बहादुर सुर्यबंशी घर नजिकैको खरबारीमा मृत अवस्थामा फेला परेका हुन् ।

पाल्पामा विपतबाट ४ जनाको मृत्यु, ५ करोड २६ लाख बढीको क्षति
बुधबार, माघ २३, २०८१
पाल्पामा विपतबाट ४ जनाको मृत्यु भएको छ । विपद्का विभिन्न घटनामा परी ११ महिनामा ४ जनाको ज्यान गएको हो । यहाँ चालु आर्थक वर्षको पुस २९ गतेसम्म विपद्का घटनाबाट ४ जनाको ज्यान जानुको साथै ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्दद्र चन्दका अनुसार २०८०/११/७...

राजनीतिक तरलता
बुधबार, माघ २३, २०८१
राजनैतिक तरलता अहिले व्यापक रुपमा बढ्दै गएको छ । मुलुकमा अहिले सम्मकै सबै भन्दा बढी तरल राजनीतिक अवस्था यो पटक बढेको महशुस गरिएको छ । अहिले आजै अनि भोली के हुन्छ भन्न र आकंलन गर्न सक्ने अवस्था नै नदेखिएका कारण मुलुकको राजनैतिक अवस्था अत्यन्त्यै तरल भएको देखिन्छ । यस्तो अवस्थामा...
रामपुरमा कोटघर बनाइँदै
मंगलबार, माघ २२, २०८१
जिल्लाको रामपुर नगरपालिका –१० मगरेमा मन्दिरको शिलान्यास गरिएको छ । नयाँ बन्ने भिमादेवि कोटघर मन्दिरको एक कार्यक्रमकाबिच शिलान्यास गरिएको हो ।

रामपुर नगरपालिकाले दिन थाल्यो श्रमिकलाई सीप विकास तालिम
मंगलबार, माघ २२, २०८१
जिल्लाको रामपुरमा श्रमिकहरुका लागि सीप विकास तालिम दिन थालिएको छ । रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा सडक मर्मतकर्मीहरुका लागि ५० दिने तालिम दिन थालिएको हो ।

पाल्पामा रु ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
मंगलबार, माघ २२, २०८१
यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।