Shittalpati
प्रतिनिधिसभा विघटनका विरुद्ध पाल्पा काँग्रेसको सोमबार पुनःप्रदर्शन
प्रतिनिधिसभा विघटनका विरुद्ध पाल्पा काँग्रेसको सोमबार पुनःप्रदर्शन प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको कांग्रेसले फागुन ३ गते पुनः विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला समिति पाल्पाको आयोजनामा शुक्रबार बसेको उपलब्ध पदाधिकारी, जिल्ला समितिका सदस्य तथा महासमिति, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुको बैठकले प्रदर्शनलाई बृहद गराउने निर्णय गरेको...
मोटरसाईकल चोरीमा संलग्न चार पक्राउ
मोटरसाईकल चोरीमा संलग्न चार पक्राउ मोटरसाईकल चोरीमा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संलग्न रहेका चार जनालाई महानगरीय ट्राफिक प्रहरीले पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको प्रहरी टोलीले महाबौद्धबाट धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलालल तामाङ्गलाई मोटसाईकलसहित पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले एनजेडीलाई जानकारी...
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल नेपाल राष्ट्र बैङ्कको ख’वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् । बैंकको पोखरामा भएको १४ औँ साधारणले बस्याललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–३ घर भएका बस्याल बैंकको स्थापना कालदेखी सञ्चालक समितिमा रहँदै आएका थिए ।
पाल्पामा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी !
पाल्पामा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी ! जिल्लाको बगनासकाली गाउँपालिका १, आर्यभञ्याङ सडक खण्डमा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी भएको छ । आर्यभञ्याङबाट पिपलडाँडातर्फ जाँदै गरेको लु १३ प ४८२ नम्बरको मोटरसाइकलमा आज अचानक आगलागी भएको हो ।
पाल्पामा किट नहुँदा कोरोना परीक्षण रोकियो
पाल्पामा किट नहुँदा कोरोना परीक्षण रोकियो पाल्पाको तानसेनास्थित प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने ‘एक्स्ट्रयाक्सन’ किट सकिएपछि बिहीबारदेखि पिसिआर टेष्ट रोकिएको हो । परीक्षण नभएपछि अहिले प्रयोगशाला बन्द रहेको छ ।
आज ओली समूहले बुटवलमा आमसभा गर्दै
आज ओली समूहले बुटवलमा आमसभा गर्दै नेकपा ओली समूहले आज (शनिबार) लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गर्ने भएको छ । आमसभाका लागि तयारी अन्तिम चरणमा पुगेको ओली पक्षले जनाएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ ओली समूहले आमसभा गर्दैछ ।
जेष्ठ नागरिकको सम्मानमा गुल्मीदरबार गाउँपालिका
जेष्ठ नागरिकको सम्मानमा गुल्मीदरबार गाउँपालिका जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुको सम्मानमा चासो देखाएको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरु नै समाजका पथप्रदर्शक भएको भन्दै उनीहरुको सम्मानमा चासो देखाउदै आएको हो । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अन्तर्गत नै गाउँपालिकाले उनीहरुको चासो, गुनासो, समस्या, इच्छा, आकांक्षाका विषयमा टोल–टोलमा पुगेर अन्तक्र्रिया गरेको छ ।
गुल्मीमा हुने विरोध सभाको नेता भण्डारीले सम्बोधन गर्ने
गुल्मीमा हुने विरोध सभाको नेता भण्डारीले सम्बोधन गर्ने प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीमा हुन लागेको सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा.चन्द्र भण्डारीले सम्बोधन गर्ने भएका छन् । यही फागुन ३ गते काँग्रेस गुल्मीको आयोजनामा हुन लागेको विरोध सभालाई नेता भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थहरुको मूल्य बढेर आएको हुँदा निगमले मूल्य वृद्धि गरेको जनाएको छ । तर अन्तर्राष्ट्रिय रुपमा मूल्य घट्दासमेत नघट्ने परम्परालाई दृष्टिगत गर्दा हाल बढाइएको मूल्य वृद्धि अस्वभाविक रहेको ठहर छ । निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर...
१ सय २७ सङ्क्रमित
१ सय २७ सङ्क्रमित कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण आज १ सय २७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ ।
कोरोनाले लघु तथा घरेलु उद्योग बढी प्रभावित
कोरोनाले लघु तथा घरेलु उद्योग बढी प्रभावित कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
Weather Update