Shittalpati
गुल्मीमा हुने विरोध सभाको नेता भण्डारीले सम्बोधन गर्ने

गुल्मी । प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीमा हुन लागेको सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा.चन्द्र भण्डारीले सम्बोधन गर्ने भएका छन् । यही फागुन ३ गते काँग्रेस गुल्मीको आयोजनामा हुन लागेको विरोध सभालाई नेता भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए । संसद् विघटनको असंवैधानिक कदम विरुद्ध गर्न लागेको बिरोध सभाको तयारी अन्तिम चरणमा पुगेको सभापति श्रेष्ठले जानकारी दिए ।

नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार सोमबार जिल्लाको सदरमुकाम तम्घासमा सभा हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक कदमको विरुद्धमा सदरमुकाम तम्घासमा विरोध ¥याली र सभा हुनेछ । सभामा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, पार्टीका क्षेत्र, प्रदेश र पालिकाका सम्पूर्ण, भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्ण र सम्पूर्ण गुल्मीवासीलाई विरोध सभामा सहभागी हुन् सभापति श्रेष्ठले आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update