नवजनचेतना राष्ट्रिय दैनिक २०८२ वैशाख ११ गते बिहीबार
बिहीबार, वैशाख ११, २०८२
प्रधानमन्त्री ओलीले शिक्षामन्त्री भित्र्याए, सिचाँइ राज्यमन्त्री हटाए
बुधबार, वैशाख १०, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री भित्र्याएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीलाई हटाएका छन् । उनले बुधबार एकै दिन एक मन्त्रीको नियुक्ती र एक मन्त्रीको बर्खास्त गरेका हुन् ।
जम्मू–कश्मीरमा मारिएका नेपाली बुटवलका युवक
बुधबार, वैशाख १०, २०८२
भारतको जम्मू–कश्मीरको पहलगाममा मंगलबार गरिएको आतंकवादी आक्रमणमा परी मृत्यु हुने नेपाली बुटवलका एक युवक भएको पुष्टि भएको छ ।
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
बुधबार, वैशाख १०, २०८२
सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका
बुधबार, वैशाख १०, २०८२
जिल्लाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीलाई तिव्रता दिएको छ । नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको हो ।
गंगादेवीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला
बुधबार, वैशाख १०, २०८२
जिल्ला अदालत गुल्मीले गंगादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङ, बडीगाड गाउँपालिका–७, बागलुङका थमनबहादुर घर्ती र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई जन्मकैदको फैसला सुनाएको हो ।
विश्व पुस्तक दिवस नेपालमा पनि मनाइँदै
बुधबार, वैशाख १०, २०८२
“विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो...
पुस्तक र प्रतिलिपि अधिकार दिवसको सन्दर्भ
बुधबार, वैशाख १०, २०८२
हरेक वर्ष अप्रिल २३ को दिनलाई “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” का रूपमा मनाउने गरिएको छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार...
तीनकुनेको घटनालाई लिएर राप्रपा पाल्पाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मंगलबार, वैशाख ९, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले यहीँ चैत्र १५ गते भएको तीनकुने घटनाका विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राप्रपाले तीनकुने घटनाको सन्दर्भमा ६ बुँदे मागसहित मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
पाल्पामा दुई गाडीसहित ११ गोरु प्रहरी नियन्त्रणमा
मंगलबार, वैशाख ९, २०८२
अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पाल्पामा दुई गाडिसहित ११ गोरु नियन्त्रणमा लिएको छ । जिल्लाको रामपुर नगरपालिका –१ काँशीवनस्थित कालिगण्डकी करिडोर सडक खण्डबाट प्रहरीले गाडी, गाडी चालकसहित ११ गोरु नियन्त्रणमा लिएको हो ।
पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावक आन्दोलनमा (हेर्नुहोस् भिडियोसहित)
मंगलबार, वैशाख ९, २०८२
पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् । विद्यालय बन्द गरेर ३ हप्तादेखि शिक्षकहरु काठमाडौं आन्दोलनमा रहेका बेला यता अभिभावकहरु भने विद्यालयमै पुगेर पठनपाठन गराउन भन्दै आन्दोलन गरेका छन् ।
विश्वकप विजेता रोबर्टोलाई नेपालमा भव्य स्वागत
मंगलबार, वैशाख ९, २०८२
विश्वकप विजेता ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोसलाई नेपालमा भव्य स्वागत गरिएको छ । मंगलबार नेपाल आएका उनलाई विमानस्थलमै तामझामसहित स्वागत गरिएको हो ।


