पहिरामा पुरिएर दुईको मृत्यु
मंगलबार, असोज ६, २०७७

पहिरोमा बेपत्ता दुई जना मध्ये एकको शव फेला
मंगलबार, असोज ६, २०७७
गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौर अन्तर्गत रातचौरको स्यालामा सोमबार राति गएको पहिरोमा बेपत्ता बनेका २ जना मध्ये एक जनाको शव फेला परेको छ ।

६ महिनापछि आन्तरिक उडान सञ्चालनमा
सोमबार, असोज ५, २०७७
गत चैतमा सरकारले कोरोना महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ । छ महिनापछि सोमबारदेखि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सञ्चालनमा आएको हो ।

हेलिकप्टरमार्फत सुत्केरीको उद्दार
सोमबार, असोज ५, २०७७
गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्दार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ ।

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
सोमबार, असोज ५, २०७७
बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो ।

पाल्पामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते
शुक्रबार, असोज २, २०७७
जिल्लाको रम्भा गाउँपालिका १ करौदीखोलामा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । बाख्रा चराउन जंगल गएका रम्भा १ तल्लो बैरादीका ५२ वर्षीय खड्क बहादुर फाललाई चितुवाले आक्रमण गर्दा घाइते भएका हुन् ।

सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा
मंगलबार, भदौ ३०, २०७७
बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन ।

पहिराले पाँच घर पुर्यो, एक बेपत्ता
सोमबार, भदौ २९, २०७७
अविरल वर्षाका कारण आएको पहिराले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।

छोराद्वारा आमाको हत्या
सोमबार, भदौ २९, २०७७
झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक घाइते
सोमबार, भदौ २९, २०७७
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक व्यक्ति घाइते भएका छन् । जिल्लाको रेसुङ्गानगरपालिका ४ रैदी स्थित सडकमा मोटसाइकल दुर्घटना हुँदा चालक रेसुङ्गा नगरपालिका १ मिलन चोक वस्ने ४३ वर्षीय उमाकान्त पन्थी घाइते भएका हुन् ।

घुम्थाङमा पहिरो : पाँचको शव निकालियो, ३१ बेपत्ता
आइतबार, भदौ २८, २०७७
बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

तानसेनमा खाना पकाउने ग्यास लिग हुँदा जलेर एक व्यक्तिको मृत्यु
शुक्रबार, भदौ २६, २०७७
जिल्लाको तानसेनमा खाना पकाउने ग्यास लिग भई आगालागी हुँदा जलेर एक व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका ५ कैलाशनगर बस्ने ५२ वर्षका अमर गिरीको उपचारका क्रममा मृत्यु भएको प्रदेश पाँचको प्रादेशिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

ढोरपाटन बाढी अपडेट : १६ अझै बेपत्ता, खोजीकार्य जारी
बिहीबार, भदौ २५, २०७७
ढोरपाटन नगरपालिकास्थित भूजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको संख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ताको खोजी कार्य जारी रहेको बताए ।