Shittalpati
कास्कीमा पुरिएर ११ को मृत्यु, चितवनमा दुुई बस त्रिशुुलीमा खसे, बसमा ६५ जना सवार, तीनजना पौडिएर बाँचे, अन्य बेपत्ता
कास्कीमा पुरिएर ११ को मृत्यु, चितवनमा दुुई बस त्रिशुुलीमा खसे, बसमा ६५ जना सवार, तीनजना पौडिएर बाँचे, अन्य बेपत्ता बिहीबार रातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कास्की र चितवनमा वितण्डा मच्याएको छ ।  पहिरोले ठूलो  मानविय र भौतिक हुन पुुगेको छ ।
सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे
सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कास्की पहिरो : पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु
कास्की पहिरो : पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु कास्कीका विभिन्न स्थानमा विहीबार रातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १०, १९, ३२ र मादी गाउँपालिका –११ मा पहिरोेमा  परी ११ जनाको मृत्यु भएको हो ।
लेदोसहितकोे ढुङ्गा लागेर बस चालकको मृत्यु
लेदोसहितकोे ढुङ्गा लागेर बस चालकको मृत्यु भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।
चितवन पहिरो  ः  बेपत्ता बस  भेटिएन, गोताखोर परिचालन
चितवन पहिरो  ः  बेपत्ता बस  भेटिएन, गोताखोर परिचालन पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।  नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए ।  बसमा ६५ जना सवार रहेको बताइएको छ ।
ट्रक र स्कुुटर एक आपसमा ठोक्किदा स्कुुटर चालकको मृत्युु
ट्रक र स्कुुटर एक आपसमा ठोक्किदा स्कुुटर चालकको मृत्युु जिल्लाको तिनाउ गाउँपालिका –३ दोभानस्थित सिद्धार्थ राजमार्गमा ट्रक र स्कुटर एकआपसमा ठोक्किदा बुधबार साँझ स्कुटर चालकको मृत्यु भएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुुटर चालकको...
कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द
कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ ।करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
वर्षाको कहर : कतै पहिरो, कतै डुवान
वर्षाको कहर : कतै पहिरो, कतै डुवान वर्षाका कारण पाल्पा र गुल्मीका विभिन्न ठाउँमा कतै पहिरो त कतै बाढीले फाँट डुवानमा परेका छन् । तीन दिनदेखि परेको अबिरल वर्षाले यहाँका दर्जनौं ठाउँमा पहिरो जानुको साथै खेतका फाँटहरु डुवानमा परेका हुन् ।
स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।
पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।
वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान    
वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान     अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।
गुल्मीमा घर भत्केर पुरिएकी महिलाको उद्धार
गुल्मीमा घर भत्केर पुरिएकी महिलाको उद्धार जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ थोर्गामा घर भत्किँदा पुरिएकी एक महिलाको उद्धार गरिएको छ । घरमाथिबाट आएको पहिरोका कारण घर भत्किँदा पुरिएकी स्थानीय उजेली विकको छिमेकीहरूले शनिबार बिहान उद्धार गरेका हुन् ।
Weather Update