Shittalpati
मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु 

पाल्पा, पाल्पाबाट मलामी बोकेर रिडी जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यहाँको रिब्दिकोट गाउँपालिका–१ ख्याहा जोगीथुमबाट  रिडीघाटतर्फ मलामी लिएर जाँदै गरेको डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा जोगिथुमका अन्दाजी ३० वर्षीय टीकाराम कुमालको मृत्यु भएको रिब्दीकोट –१ का वडा अध्यक्ष चिरञ्जी पोखरेलले जानकारी दिए । 

उनका अनुसार मलामी लिएर रिडी जाँदै गर्दा गुल्मीको रिडी–खज्र्याङ सडक खण्ड स्थित खोल्टेपानीमा  लु १ च ६९८५ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो । 

कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा ६ जना घाइते रहेको वडा अध्यक्ष पोखरेलले बताए । गाडी सडकदेखि करिब १० मिटर तल खसेको छ । शवलाई पोष्टमार्टको लागि गुल्मीको तम्घास पठाइएको वडा अध्यक्ष पोखरेलले बताए । 

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update