सिद्धबाबा सुरुङमार्गका कामदारले तीन महिनादेखि पाएनन् ज्याला
शुक्रबार, फागुन २३, २०८१
नेप्से परिसूचक घट्यो
सोमबार, फागुन १९, २०८१
साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।
पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन
सोमबार, फागुन १९, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।
नेशनल लाईफले मनायो ३८ औं वार्षिकोत्सव
शुक्रबार, फागुन १६, २०८१
नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाए गरेको छ ।
प्रतितोला २२ सयले घट्यो सुनको मूल्य
शुक्रबार, फागुन १६, २०८१
स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ ।
काउली बिक्रीबाट एकै ‘सिजन’ मा छ लाख आम्दानी
मंगलबार, फागुन १३, २०८१
जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गरेका छन्। २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लागेका उनि अहिले बागलुङका सफल किसानका रुपमा परिचित छन् ।
नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो
आइतबार, फागुन ११, २०८१
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो ।
पुँजीगत खर्च बढाउन निर्देशन
शनिबार, फागुन १०, २०८१
राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकोे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) बारे छलफल गर्न आज बसेको बैठकले मन्त्रालयलको पूँजीगत खर्च कम भएको भन्दै खर्च बढाउन निर्देशन दिइएको हो ।
लुम्बिनी प्रदेश : चालु आवको हालसम्म पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत
बिहीबार, फागुन ८, २०८१
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४।९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा रु ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।
नेप्से परिसूचकमा २९ दशमलव ८७ अङ्कको वृद्धि
सोमबार, फागुन ५, २०८१
यो साता कारोबारको लगातार दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । सोमबार नेप्से २९ दशमलव ८७ अंकले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।
सरकारको बजेट खर्च सुस्त, सात महिनामा ४० प्रतिशत मात्रै
आइतबार, फागुन ४, २०८१
सरकारले विकास निर्माणका आयोजनालाई गति दिन नसक्दा बजेट खर्चको अवस्था पनि दयनीय रहेको पाइएको छ । सरकारले चालु आर्थिक वर्ष सकिन ५ महिना मात्र बाँकी रहेका बेला न्यून बजेट खर्च गरेको हो ।
नेप्से एकल अंकले घट्यो
बिहीबार, फागुन १, २०८१
साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । नेप्से ७ दशमलव २६ अंकले घटेको हो । नेप्से घटेसँगै २ हजार ६ सय ७८ दशमलव ४७ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ७ दशमलव २६ अंकले घटेको थियो ।
पुग्यो सबै स्थानीय तहमा बैंकिङ सेवा
बिहीबार, फागुन १, २०८१
स्थानीय तहमा बैंक पुर्याउने सरकारी नीतिअनुसार देशभरका सबै स्थानीय तहका केन्द्रमा बैंकका शाखा पुगेका छन् । बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै देशका ७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको हो ।


