जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग
शुक्रबार, मंसिर ७, २०८१
-1721213853.jpg)
सुनको मूल्य एक हजार बढ्यो
बिहीबार, मंसिर ६, २०८१
आज सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु एक लाख ६३ हजार थियो ।

चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार भेटी संकलन
बुधबार, मंसिर ५, २०८१
जिल्लाको तिनाउ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ बराबरको भेटी संकलन भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कार्तिक २७ गतेदेखि ५ दिनसम्म लागेको मेलामा उक्त रकम बराबरको भेटी संकलन भएको हो ।
-1721213853.jpg)
सुन–चाँदीको मूल्य फेरि बढ्यो
मंगलबार, मंसिर ४, २०८१
पछिल्ला केही दिन यता निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य सोमबार र मंगलबार भने बढेको छ । सोमबार एक हजारले बढेको सुुन मंगलबार भने १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
आइतबार, मंसिर २, २०८१
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।
-1721213853.jpg)
सुन–चाँदीको मूल्य घट्यो
आइतबार, मंसिर २, २०८१
साता पहिलो दिन सुन–चाँदीको मूल्य घटेको छ । केही दिन अघि निरन्तर उकालो यात्रामा रहेको सुन–चाँदीको मूल्य पछिल्ला दिनहरुमा ओरालोमा यात्रामा रहेको छ । आइतबार स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार एक सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार...

‘सुवर्ण शमशेर स्मृति’ अक्षयकोषमा कर्मचारी युनियन पाल्पाको एक लाख सहयोग
शनिबार, मंसिर १, २०८१
नेपाली काँग्रेस पाल्पाले स्थापना गरेको ‘सुुवर्ण शंमशेर स्मृति’ अक्षयकोषमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन पाल्पाले आर्थिक सहयोग गरेको छ । युुनियनले शनिबार एक औपचारिक कार्यक्रमकाबिच उक्त अक्षकोषमा एक लाख १० हजार रकम सहयोग गरेको हो ।

डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रति लिटर कति ?
शनिबार, मंसिर १, २०८१
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
बिहीबार, कात्तिक २९, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ ।
-1721213853.jpg)
सुन तोलामा दुई हजार दुई सयले घट्यो
बिहीबार, कात्तिक २९, २०८१
बिहीबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनाका प्रतितोला २ हजार २ सयले घटेको हो ।

सहकारी, भूमि समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्दैछौं : मन्त्री अधिकारी
बुधबार, कात्तिक २८, २०८१
मि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिका क्षेत्रमा देखिएका समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्न लागिएको बताएका छन् ।

लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित
मंगलबार, कात्तिक २७, २०८१
लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको आयव्यय अनुमानित बजेट पारित गरेको हो ।
.jpg)
संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब
सोमबार, कात्तिक २६, २०८१
गत आर्थिक वर्ष २०८०/८१ मा संघ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम रु२१ अर्ब ५१ करोड ९६ लाख...