Shittalpati
डिजेल र पेट्रोलको मूल्य बढ्यो

पाल्पा, नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक र पेट्रोलमा प्रतिलिटर  २ बढाएको हो ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज,भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । डिजेल –मट्टीतेलको प्रतिलिटर १ सय ४० रूपैयाँ ५० पैसा पर्नेछ । यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ५८ रुपैयाँ पर्ने र डिजेल–मट्टीतेलको प्रतिलिटर १ सय ४२ रूपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै तेस्रो वर्गमा पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ५९ रुपैयाँ पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १ सय ४३ रूपैयाँ पर्नेछ । त्यस्तै  हवाई इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २२ अमेरिकी डलरले घटाइएको छ ।

 अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय १, पोखरामा सात सय २१ र भैरहवामा सात सय ६ तोकेको छ । इन्डियन आयल कर्पोरेसशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update