Shittalpati
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अस्पतालमा छुट

पाल्पा, मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्रहकको सेवालाई मध्यनजर गर्दै अस्पतालमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकमा आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले “एमएन अस्पताल” सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेसँगै ग्राहकले छुट पाउने भएका छन् ।

    यस व्यवसायिक सम्झौता पश्चात बैंकका ग्राहकहरुले काठमाडौंको, बसुन्धरामा रहेको ”एमएन अस्पताल”बाट प्रदान हुने विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र कफायती रुपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update