Shittalpati
दराज नेपालको प्रबन्ध निर्देशकमा कुंवर

काठमाडौं (एजेन्सी), नेपालको अग्रणी अनलाइन बजार दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छन् । उनलाई कम्पनीले पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको हो । दराज अलिबाबा समूहको लगानी रहेको कम्पनी हो । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए । यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन्, जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट लगायतमा कम्पनी स्थापना गर्न सहयोग गरेकी थिइन् ।

अमेरिकामा लामो र सफल करियरपछि आँचलले दराज नेपालको नेतृत्व गर्न पाएकी हुन् । कुँवरसँग करिब साढे पाँच वर्ष अमेजनमा काम गरेको अनुभव रहेको छ । सन् २०१६ मा सिनियर भेन्डर (ब्युटी एन्ड ग्रुमिङ) म्यानेजरको बनेकी उनी दुई वर्षपछि प्रोडक्ट म्यानेजमेन्ट, कस्टमर ट्रस्ट एन्ड पार्टनर सपोर्ट म्यानेजर बनिन् । झण्डै एक वर्ष ग्लोबल एक्सपान्सनतर्फ सिनियर प्रोग्राम म्यानेजरका रुपमा काम गरेकी उनी पछिल्लो एक वर्षभन्दा बढी समयदेखि भने ग्लोबल एक्सपान्सन प्रोग्राम म्यानेजमेन्टको म्यानेजरका रुपमा कार्यरत थिइन् । नेपालमा जन्मिएर सेन्ट जेभि आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए ,गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बीएस सकाएर १३ वर्ष यूएसको कर्पोरेट क्षेत्रमा काम गरेकी छिन् । कुँवरले नेपाली जनताका लागि विश्व–स्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरले सम्मानित महसुस गरेको बताएकी छिन् ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update