Shittalpati
‘हिंसारहित समाजका लागि सकारात्मक सोच आवश्यक’
‘हिंसारहित समाजका लागि सकारात्मक सोच आवश्यक’ जिल्लाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले हिंसा र अपराधरहित समाज निार्माणका लागि सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । नगरपालिकाले आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा हुने विभिन्न हिंसा तथा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गुल्मी कालिगण्डकीका महिलालाई सिलाई कटाई सम्बन्धी स्तरोन्नति तालिम
गुल्मी कालिगण्डकीका महिलालाई सिलाई कटाई सम्बन्धी स्तरोन्नति तालिम जिल्लाको कालिगण्डकी गाउँपालिकाका महिलाहरुलाई सिलाई कटाई सम्बन्धी एक महिने स्तरोन्नति तालिम दिइएको छ । कालिगण्डकी गाउँपालिकाको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुलाई स्तरोन्नतिको तालिम दिइएको हो ।
मोदी बने भारतको तेस्रो पटक प्रधानमन्त्री, आज शपथ लिदैं
मोदी बने भारतको तेस्रो पटक प्रधानमन्त्री, आज शपथ लिदैं भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी पुनः नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा उनलाई प्रधानमन्त्री–निर्वाचितको रूपमा नियुक्त गरेकी हुन् ।
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो ।
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो ।
तानसेन पूर्ण खोप सुनिश्चितता पालिका घोषित
तानसेन पूर्ण खोप सुनिश्चितता पालिका घोषित जिल्लाको तानसेन  नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सह–संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले तानसेनलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेकी हुन् ।
सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा
सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन ।
बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी
बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी बेरोजगार ३५ जनालाई रोजगार दिलाउँदै बुुटवलमा आयोजित श्रमाधान रोजगार मेला सकिएको छ । श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त रुपमा...
बुटवलमा ‘श्रमाधान रोजगार मेला’
बुटवलमा ‘श्रमाधान रोजगार मेला’ श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित लुम्बिनी प्रदेशको बुटवलमा श्रमाधान रोजगार मेला बुधबारदेखि सुरु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मेला सुरु भएको हो ।
रामपुरका महिलाले लिए वनस्पतिको पोस्करबाट सामग्री बनाउने तालिम
रामपुरका महिलाले लिए वनस्पतिको पोस्करबाट सामग्री बनाउने तालिम जिल्लाको रामपुरका महिलाले प्राकृतिक रेशाजन्य वनस्पतिको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम लिएका छन् । उनीहरुले मकैको खोस्टा, थाकलको पातबाट हाते झोला, टोपी लगाएतका विभिन्न सामग्री बनाउने तालिम लिएका हुन् ।
पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ  
पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ   विद्यार्थीहरुले पर्यटन प्रवद्र्धनका लागि तानसेनमा सरसफाइ तथा विविध कार्यक्रम गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा पाल्पा प्यारागन बोडिङ्ग स्कूूलमा गठित राष्ट्रिय दीगो पर्यटन क्वल, ग्रीन फर गुड युथ क्लव र १.५ म्याक्स क्लवको संयुक्त आयोजनामा टोल सरफाइ तथा पर्यटन सम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको हो ।
पाल्पा जेसिजद्वारा वातावरण दिवसमा बतासेडाँडामा वृक्षारोपण
पाल्पा जेसिजद्वारा वातावरण दिवसमा बतासेडाँडामा वृक्षारोपण पाल्पा जेसिजले वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । जेसिजले विभिन्न सरकारी निकाय, संघसंस्थाहरुको सहयोग, सहकार्य र समन्वयमा तानसेन नगरपालिका–५ बतासेडाँडामा वृक्षारोपण गरेको हो ।
Weather Update