यमपञ्चक सुरु, आज धनतेरस
मंगलबार, कात्तिक १३, २०८१
रेडक्रस पाल्पाले छिट्टै ब्लड बैंक सञ्चालन गर्दै
सोमबार, कात्तिक १२, २०८१
नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले तानसेनमा छिट्टै ब्लड बैंक सञ्चालन गर्ने गरी तयारीलाई अगाडि बढाएको छ । शाखाले तत्काललाई ब्लड बैंक सञ्चालन गर्न आफ्नै कार्यालयमा ल्याव कक्ष निर्माण गरिसकेको र आवश्यक उपकरण खरिदको लागि प्रक्रिया अगााडि बढाइसकेको जनाएको छ । उसले रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ सञ्चालन गरेको ‘हाम्रो ब्लड बैंक,हामी...
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्यो
सोमबार, कात्तिक १२, २०८१
रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ रहेका छन् । बुवा राधे कोहारको मृत्युपछि हाल यी दाजुभाइले पूख्र्यौली पेसा सम्हारिरहेका छन् । बुवा व्यावसायिक हुन नसके पनि यी दाजुभाइले पूख्र्यौली पेसालाई व्यावसायिक बनाएका छन् ।
सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै
सोमबार, कात्तिक १२, २०८१
बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास ९होम–स्टे०मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको...
आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय
सोमबार, कात्तिक १२, २०८१
पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनिहरुको व्यस्त बढेको छ ।
जङ्गली च्याउ खाँदा पाँचजना बिरामी
आइतबार, कात्तिक ११, २०८१
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी परेका छन् । शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पा, गुल्मीसहित १७ जिल्लाका सीडीओ फेरिए
शुक्रबार, कात्तिक ९, २०८१
गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित २७ जना सहसचिव र उपसचिवको सरूवा गरेको छ । गृहले पाल्पा, गुल्मी,रूपन्देही, पर्सा, महोत्तरी, सप्तरी, भक्तपुर र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो ।
एक महिनापछि गुल्मीबाट पुनः उडान
शुक्रबार, कात्तिक ९, २०८१
विगत एक महिनादेखि नियमित रुपमा उडान हुन नसकेको गुल्मीको रेसुङ्गा विमानस्थलको उडान पुनः सुरु भएको छ । मौसम खराबका कारण गत असोज ४ गतेदेखि नियमित हुन नसकेको उडान शुक्रबारदेखि भने पुनः सुरु भएको हो ।
अवरुद्ध पछि पहिलो पटक बुधबार उडान भए पनि शुक्रबारदेखि भने नियमित रुपमा उडान सुरु भएको...
दरबन्दी नपाएपछि पठनपाठनमा समस्या
शुक्रबार, कात्तिक ९, २०८१
तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।
अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने
शुक्रबार, कात्तिक ९, २०८१
यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।
पाल्पामा पोलियो दिवस : रोटरी क्लवले निकाल्यो सचेतनामूलक र्याली
बिहीबार, कात्तिक ८, २०८१
पाल्पामा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व पोलियो दिवस मनाइएको छ । रोटरी क्लव पाल्पा तानसेनको आयोजनामा विहीबार विभिन्न संघ संस्था र व्यक्तिहरुको उपस्थितिमा सचेतनामूलक वृहत्त र् याली निकाली पोलियो दिवस मनाइएको हो ।
पाल्पाका व्यवसायीहरूको ‘नापतौल यन्त्र’ जाँच
बिहीबार, कात्तिक ८, २०८१
जिल्लामा उद्योगी, व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्रहरुको नापजाँच थालिएको छ । पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र माथागढी गाउँपालिकाको सहयोगमा बुधबारदेखि नापतौल यन्त्रहरु नापजाँच थालेको हो ।
विश्व विकास सूचना दिवस मनाइँदै
बिहीबार, कात्तिक ८, २०८१
आज विश्व विकास सूचना दिवस मनाइँदै नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्पसहित हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।


