आज निर्जला एकादशी, घर–घरमा तुलसीको दल राखिंदै
मंगलबार, असार ४, २०८१

मनाइयो पहिलो दिनको बकर इद
सोमबार, असार ३, २०८१
मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ ।

सास्तीमा छन् निसेलढोरवासी
सोमबार, असार ३, २०८१
काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो ।

आज बक्र ईद, देशभर सार्वजनिक बिदा
सोमबार, असार ३, २०८१
देशभरका इस्लाम धर्मालम्बीहरुले आज हर्सोउल्लासका साथ बक्र ईद (उल अजहा) पर्व मनाउँदै छन् । इस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ । यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका...

आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
सोमबार, असार ३, २०८१
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।

सन्दर्भ चुरे दिवस : कसले सुन्ला चुरेका कुरा ?
आइतबार, असार २, २०८१
मुलुकको कार्यपालिका सञ्चालन हुने मुख्य प्रशासनिक केन्द्र सिहंदरबारबाट नजिकैको दूरीमा छ, माइतीघरमण्डला । त्यही मण्डलामा मधेशका चुरेबासीहरु धर्नामा बसेको पनि आज २५ दिन पुगिसक्यो । चुरेका कुरा काठमाडौँमा सरकार र जनप्रतिनिधिहरुले नसुनेपछि निरासा छाएको छ उनिहरुमा । अब कसले सुन्छ रु भन्ने पनि उनिहरुको गुनासो छ ।

मोहन कन्याका विद्यार्थीलाई छात्रवृत्ति
शनिबार, असार १, २०८१
पश्चिम क्षेत्रकै एक मात्र कन्या विद्यालय मोहन कन्या माध्यमिक विद्यालय तानसेनका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।
रामपुरका वडा सदस्यहरुलाई अभिमुखिकरण
शनिबार, असार १, २०८१
जिल्लाको रामपुर नगरपालिकाका वडा सदस्यहरुलाई काम कर्तव्य र अधिकार सम्बन्धी एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । नगरपालिकाले यहाँका १० वटा वडाका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको हो ।

रामपुर पूर्ण खोप सुनिश्चितता पालिका घोषित
शुक्रबार, जेठ ३२, २०८१
जिल्लाको रामपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रामपुरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेका हुन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु
बिहीबार, जेठ ३१, २०८१
चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा विहिबार मृत्यु भएको छ ।
रामपुरको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सुझाव
बिहीबार, जेठ ३१, २०८१
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बनाउन लागेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । नगरपालिकाले आयोजना गरेको सल्लाहकार र पत्रकारहरुसँग नीति तथा कार्यक्रमका लागि सुझाव संकलनसँगै छलफल कार्यक्रममा सहभागीहरुले कृषि र पर्यटनलाई जोड दिन सुझाव दिएका हुन् ।

‘अर्गानिक’ उत्पादन र बजारीकरण गर्न सम्झौता
बिहीबार, जेठ ३१, २०८१
अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको बजारीकरणमा अब समस्या नहुने भएको छ । यसका लागि जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौँले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिकासँग सम्झौत गरेको छ ।

महिलाहरुले बाजा बजाउने सिप सिकेपछि
बुधबार, जेठ ३०, २०८१
संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् ।