Shittalpati
आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै

पाल्पा, आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति संघ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पुर्‍याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ ।

नेपाल विपोको सदस्य राष्ट्र हो । विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रवद्र्धक, लेखक, सर्जकलाई एक–आपसमा जोडी सम्बन्ध विस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रवद्र्धन गरी जनचेतना फैलाउने नीति रहेको छ । विशेषगरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् । आजकल बौद्धिक चोरीसमेत बढिरहेको सन्दर्भमा यो दिवस निकै फलदायी हुने देखिन्छ । दिमागको सिर्जनामा सर्जकको मौलिकता र व्यवसाहिकता दुबै हुन्छ र त्यसको संरक्षणको सस्थागत अभ्यास नै आजको दिनमा चर्चा गरिन्छ । अहिले डिजिटल युगमा त झन विचार अनि बौद्धिकताको विश्वव्यापी एकै धारमा बाढि झैं आएको छ । यस बौद्धिक अधिकारको संरक्षण विना त सर्जकको सिर्जनाको मुल्य नै रहन सक्ने अवस्था छैन् । अहिले बजारमा निस्किएका गीतहरु देखि कपी पेस्ट गर्ने बिचार अनि भनाइहरु ति सर्जकका सम्पती हुन या हैनन् ? यदि हो भने के ती कुराहरु ति सर्जकका सम्पतीको उत्पादकत्व के ? आदि सोचनीय कुरा भएका छन् । बौद्धिक सम्पत्ति स्वभावैले चोरीे सम्भाव्य हुन्छ । तत्कालै नियन्त्रण नगरेमा क्षतिपूर्तिले थाम्नै नसक्ने गरी वादी पक्षको अपूरणीय क्षति हुनसक्छ । बौद्धिक सम्पत्ति अधिकार निजी प्रकृतिको अधिकार भएकाले कसैले यसको उल्लंघन गरेमा प्रमाण जुटाउने दायित्व धनीको हुन्छ । अधिकार उल्लंघनका घटनाहरू बरोबर नदोहोरीयोस् भनेर दण्डजरीवानाका निर्धारित उपाय अवलम्बन गरी अधिकार प्रचलन गराउनुपर्ने हुन्छ । अधिकार प्रचलन गराउने कार्यविधि मनासिव र न्यायोचित हुनुपर्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update