Shittalpati
चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते
चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् । 
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै  अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग
हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । 
अब स्याङ्जाका अस्पतालबाटै सर्पदंशको उपचार
अब स्याङ्जाका अस्पतालबाटै सर्पदंशको उपचार स्याङ्जाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुने भएपछि बिरामीलाई सहज भएको छ । जिल्लास्थित अस्पतालमा सर्पदंश सेवा सुरु गरेसँगै सर्पले डसेमा उपचारका लागि पोखरा तथा पाल्पा जानुपर्ने बाध्यता हटेको हो ।
आज विश्व शरणार्थी दिवस मनाइँदै
आज विश्व शरणार्थी दिवस मनाइँदै आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष शरणार्थी सम्बन्ध...
तानसेनमा योग शिविर
तानसेनमा योग शिविर जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरमा योग शिविर सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति र हंसयोग आश्रम रुपन्देहीले योग शिविर सञ्चालन गरेका हुन् ।
दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना
दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गरिएको हो ।
झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज
झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ । 
कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग
कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवद्र्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेला गाडा उपलब्ध गराएको छ ।
मिथ्या सूचना विरुद्ध विद्यार्थीलाई शिक्षा
मिथ्या सूचना विरुद्ध विद्यार्थीलाई शिक्षा अधिकाश व्यक्तिहरुले इन्टरनेट तथा सामाजिक सञ्जालमा आउने सूचनाहरुलाई आधिकारीक सूचना मानेर पत्याउने गरेका छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेटहरुमा गलत सूचना फैलाएर आफ्नो फाईदा लुट्ने समूहहरु बढेका छन् ।
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस आज जुन १९ अर्थात् द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस ।  यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । २०१५ जुन १९ मासंयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेको थियो । 
कृषि उत्पादन वृद्धि गर्न साना किसानहरुको पहुँच बैंकसम्म पुर्‍याउनुपर्नेमा जोड
कृषि उत्पादन वृद्धि गर्न साना किसानहरुको पहुँच बैंकसम्म पुर्‍याउनुपर्नेमा जोड कृषि उत्पादन वृद्धिका लागि साना किसानहरुको पहुँच बैंकसम्म पुर्‍याउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले साना किसानहरुको पहुँच बैंकसम्म पुर्‍याई लगानीलाई सरल र सहज बनाउन सके कृषि उत्पादन बढाउन सकिनेमा जोड  दिएका हुन् ।
Weather Update