Shittalpati
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने आगामी वर्षदेखि रामपुरको सीताकुण्डमा विवाह पञ्चमी उत्सवको रुपमा मनाइने भएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने बताएका छन् । उनले विवाह पञ्चमीको अवसरमा सीताकुण्ड मन्दिर व्यवस्थापन समितिको आयोजनामा सीताकुण्डमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाले विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउनका लागि आगामी वर्षदेखि आवश्यक...
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालसहित विश्वभर मनाइँदै छ । हरेक वर्ष डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर–१० डिसेम्बर) कै अवसर पारेर हरेक...
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ ।     ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ बाँकेको खजुरामा औपचारिक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विषादी सचेतना अभियान सञ्चालन गरेको कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यमनारायण देवकोटाले जानकारी दिए ।
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित जिल्लाको रुरु क्षेत्र गाउँपालिकाकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ । भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो ।
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
आज देशभरको मौसम सफा रहने पूर्वानुमान हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । 
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’ संविधान सभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् । माडी उपत्यकाको सबैभन्दा पुरानो र जेठो निजी विद्यालयको रुपमा सञ्चालित रिभर भ्याली बोडिड्ढ स्कूलको ३१ औं वार्षिक उत्सवको तानसेनको  दमकडामा उद्घाटन गर्दै शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।
आज स्वयंसेवक दिवस र माटो दिवस एकै साथ मनाइँदै
आज स्वयंसेवक दिवस र माटो दिवस एकै साथ मनाइँदै आज पाल्पा लगायत देशैभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस  एकै साथ मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाले विविध कार्यक्रमतय गरेका छन् । 
रामपुरमा जनप्रतिनिधिसँग संवाद
रामपुरमा जनप्रतिनिधिसँग संवाद जिल्लाको रामपुर नगरपालिका– १ मा जनप्रतिनिधिसँग संवाद कार्यक्रम भएको छ । नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
तानसेनमा आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धी छलफल
तानसेनमा आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धी छलफल तानसेन नगरपालिको आयोजनामा मंसिर १९ गते नगरका समुदायसँग प्रत्यक्षरुपमा कार्यान्वयन हुने  मखनटोलस्थित दरबार परिसरका सरोकारवालाबिच यनोसद्वारा तयार गरिएको आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धमा आयोजित छलफलमा सहभागीहरु ।
काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला
काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
Weather Update