Shittalpati
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरिदै
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरिदै तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले आज अहिले केही समयपछि समितिको ताला फोरेर मुचुल्का तयारी गरी आज देखि कार्यालय सुचारु गर्ने निर्णय भएको छ ।
पाल्पामा लाइसेन्सका लागि ‘ट्रायल’ 
पाल्पामा लाइसेन्सका लागि ‘ट्रायल’  पाल्पा  दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले पहिलो पटक ट्राय सेवा सुरु गरेको हो ।
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
आज विश्व युवा दक्षता दिवस मनाइँदैं जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर बदली रहनुका साथै सबै प्रदेशमा वर्षाको सम्भावना रहेको हो । 
आज भानु जयन्ती मनाइँदै
आज भानु जयन्ती मनाइँदै भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज  देश तथा विदेशमा विविध कार्यक्रम मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरणमा हरेक वर्ष जन्म जयन्ती मनाउने गरिएको हो ।
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला 
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला  पाल्पा जिल्लालाई ‘पूर्ण खोप’ सुनिश्चितता  जिल्ला  घोषणा  गरिएको छ । विहीबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । 
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । 
विमानस्थल पुग्नेहरु भक्कानिन्छन्
विमानस्थल पुग्नेहरु भक्कानिन्छन् त्रिभुवन विमानस्थल पुग्ने व्यक्ति भावुक नबन्ने कमै हुन्छ । दिनहुँ जसो भीड देखिने विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो भावुक ‘मुड’मा नै हुन्छ । सोमबार त्यहाँ पुुग्दा वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँसु खसाल्दै गरेका दुश्यहरु देखिन्थे । 
पाल्पा प्यारागनले गर्‍यो एसईई उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान
पाल्पा प्यारागनले गर्‍यो एसईई उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान पाल्पा प्यारागन ईलिस बोर्डिङ्ग स्कुलले एसईई २०७९ को परीक्षामा सफल भएका विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । स्कुलले एक कार्यक्रमको आयोजना गरी एसईईमा उत्तिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामनाका सहित सम्मान गरेको हो ।
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए । क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन् ।
सर्पको डसाइबाट चार जनाको निधन
सर्पको डसाइबाट चार जनाको निधन कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । 
Weather Update