Shittalpati
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

पाल्पा, बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।   

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले  जिल्ला अदालतको फैसला बदर गर्दै लामिछानेलाई बुधबार सफाइ दिएको छ । अदालत स्रोतका अनुसार प्रमाण नपुगेको भन्दै लामिछानेलाई सफाइ दिएको हो । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए  । 

बुधबार दुवै पक्षका वकिलहरूको बहसका साथै जवाफी बहस सकिएपछि सर्वोच्चले लामिछानेलाई सफाइ दिएको हो । यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी तोकिएको थियो । उक्त दिन ’हेर्न नमिल्ने’मा परेपछि मंगलबारका लागि पेशी तोकिएको थियो । अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्ममिति स्पष्ट खुल्ने काजगात झिकाउन आदेश दिएको थियो ।  पछिल्लो फैसलासँगै लामिछानेलाई टि–२० विश्वकप खेल्ने ढोका खुलेको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update