Shittalpati
शौचालय दिवसको सन्दर्भ

प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । खासगरी आजको दिनलाई सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिँदै आइएको छ । शौचालयको सरसफाइ कायम राख्नुको अर्थ विभिन्न संक्रमणबाट बच्नु हो । किनभने धेरै रोगजन्य कीटाणु शौचालय सिट, फ्लसिङ बटन र वरपर रहेका वस्तुमा रहने गर्छन् । जब ति सूक्ष्मजीव छाला, नाक, मुख वा आँखामा हावाको माध्यमबाट पुग्छन् त्यसले धेरै प्रकारका संक्रमण निम्त्याउँछन् । यस्ता संक्रमणले गम्भीर रूप पनि लिन सक्छन् । विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष एक लाख १५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रित गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ ।

नेपाललाई सन् २०१७ सम्म खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइएपनि अझै पनि ठूलो जनसंख्या शौचालयको पहुँच बाहिर छ । अहिलेको २१ औं शताब्दीमा समेत शौचालयबाट टाढा रहनुु दुखद् हो । यसले देशको विकासको अवस्थालाई पनि गिज्याएको छ । देशका राजनीतिक दलहरुले विकास र समृद्धिका ठूला नाराहरु लगाउन्छन् तर विपन्न वस्तीका नागरिकको शौचालयको अवस्थाको समेत ख्याल गदैनन् । नेपालमा व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । सरकारले सार्वजनिक शौचालयको महत्व नदिएको होइन, गरिबी निवारण रणनीतिक योजनामा सरकारले सन् २०१७ सम्ममा सबै नेपालीको हकमा सुरक्षित खानेपानी तथा आधारभूत शौचालयको पहुँच पु¥याउने लक्ष्य राखेकोबाट यसको पुष्टि हुन्छ । तर, सरोकारवालाहरू सरकारले लक्ष्य अनुसार काम नगर्दा लाखौं नागरिक संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य सम्बन्धी न्यूनतम सुविधा शौचालय प्रयोगबाट समेत बञ्चित हुनु परेको छ । हरेक वर्ष शौचालय दिवस मनाईन्छ तर त्यो औपचारिकतामा मात्र सिमित बन्न पुुगेको छ । यसर्थ सबैको घर–घरमा शौचालय पुु¥याउन सकियो भने मात्र दिवस मनाउनुुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update