Shittalpati
दासता उन्मूलन

आफु मालिक भै अन्य व्यक्ति वा समूहलाई सामाजिक आर्थिक राजनैतिक तथा धार्मिक रुपबाट उनीहरुको इच्छा विपरित बाध्यात्मक परिस्थिती सिर्जना गरी काममा लगाइन्छ भने त्यसलाई दास भनिन्छ । चन्द्र समशेरले नेपालमा दास प्रथा उन्मूलन गरेका थिए । तर यो प्रथा अझै पनि छ । यो आफैमा दुखद् हो । २१ औं शताब्दीमा आइपुग्दा पनि मानिस एक अर्कोबाट दास बन्नु परेको छ । नेपालमा विगतका कानुनी मान्यता प्राप्त दासता अहिले पनि यो वा त्यो रुपमा लुकेर क्रियाशील भइरहेका मात्र छैनन् बरु आधुनिक दासताका नयाँ–नयाँ ढाँचा आइरहेका छन् । दासत्व अन्त्यका लागि हरे वर्षको डिसेम्वर २ तारिकका दिन अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस मनाउने गरिन्छ । नेपालमा पनि यस दिन विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । आज पनि संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरु लगायतले विश्वभर यो दिवस मनाउदैछन् । हरेक वर्ष यो दिवस मनाउने गरिए पनि यसले खासै सार्थकता भने पाएको देखिदैन ।

दासलाई नेपालमा कमैया, कम्हलरी, हली, हरवा, चरवाको रूपमा केही बर्षअघिसम्म सम्बोधन गरिन्थ्यो । सैद्धान्तिक रूपमा अहिले निर्मूल गरिएको निश्चितै छ । तर, व्यवहारिक रूपमा अहिलेसम्म कतिपय ठाउँमा कायमै छ । हो, नाम फेरिएको छ । व्यवहारमा केही नरमपना आएको होला । तर, प्रवृत्तिले फड्को मार्न सकिरहेको छैन । अथवा यो ब्यवहारिक रूपमा निर्मूल भएको छैन । शहरका होटेलहरूमा काम गर्ने मानिसलाई नाममात्रको ज्याला दिएर दिनमा पन्ध्र सोह्र घण्टा कडा काममा जोताइन्छ । त्यो पनि दासता लाधेको हो । खेत बारीमा, मेलापातमा बिहान उज्यालो हुँदाबाट साँझ आँखाले देखुञ्जेलसम्म काममा जोताइएको हुन्छ । उनीहरूप्रति गरिने ब्यवहार दासलाई गर्ने प्रकारले गरिएको हुन्छ । घरेलु कामदारलाई मालिकहरूले त्यसरी नै काम लधाएका हुन्छन् । कामदार भाग्ला भनेर उसको ज्याला रोकिएको हुन्छ । यी सबै दास मालिक युगबाट विरातमा आएका अवशेषहरू हुन् । शुरुवात अनि चलन जे–जसरी चलेको भएपनि वर्तमान विश्वको प्रजातान्त्रिक अभ्यासमा दासप्रथा अक्षम्य र दण्डनीय छ । यसर्थ यस्तो प्रवृत्तिलाई जरैदेखि नै उखेल्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update