Shittalpati
पाल्पाको ऐतिहासिकता र पर्यटकीय सम्भावना

रोहित ज्ञवाली

प्रदेश पाँच भित्र पर्ने १२ जिल्ला मध्ये पाल्पा पनि एक रमणीय जिल्ला हो । यस जिल्लाको नाम ‘पाल’ शासकहरुले शासन गरेको जिल्ला भएकाले त्यसैबाट अपभं्रस भई पाल्पा रहन गएको कुरा केही भाषा शास्त्रीहरुको धारणा रहेको छ । पछि पश्चिम नेपालको सेन वंशीय शासकीय समयमा पाल्पा राज्यको प्रसिद्धिको चर्चा रÞयो । पाल्पामा यस भूमि ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक एवं सौन्दर्यका दृष्टिले पनि महत्वपूर्ण रुपमा यो जिल्ला रहेको छ । यसको इतिहासका विषयमा विभिन्न व्यक्तिहरुले चर्चा परिचर्चा गर्दछन् । भेट्नेहरुले तपाई–पाल्पाली हो र भनेर अलि हितैसी व्यवहार गरेको पनि पाइन्छ । यी सबै अलि पहिलेकै कुरा हुन् ।

जहाँ पाल्पा भन्दा निक्कै पिछडिएका स्थान थिए । तर पनि पाल्पाको ऐतिहासिक महत्व र विरगाथा कमी भएको मान्नु हुन्न । यद्यपि पूर्व –पश्चिमबाट नेपाल भ्रमणको क्रममा आन्तरिक पर्यटकहरु आईरहेकै छन् । नेपालमा २०१८ सालमा प्रशासनिक विभाजन हुनुपूर्व सुदूरपश्चिम मात्रैमा चौविसी–बाईसी भुरा राज्य थिए । सेन, शाहा, मल्ल, खस, मगर आदि जातीका राजा –रजौटाको प्रचलन थियो । पाल्पामा पश्चिम नेपालकै सेन वंशीय राज्य नै प्रसिद्ध थियो । अर्को तर्फ गोर्खा राज्यले राज्य विस्तारको अभियानमा पाल्पा राज्यसम्म युद्ध छेड्न आईपुग्यो । त्यसको डटेरै सामाना पनि भयो । पाल्पाली वीरता, कुशल प्रशासकको कारण पाल्पाले पनि राज्य विस्तारको अभियानमा साथ दियो। गोर्खा राज्य विस्तार अभियानको स्वरुप नेपाल एकिकरण अभियानमा रुपान्तरण हुदाँसम्म उपत्यका गाभिईसकेको थियो ।

पाल्पा राज्यपनि वि.सं. १८६१ मा नेपाल अधिराज्यमा गाभियो । नेपालको एकिकरण अभियानताका निकटतम दक्षिण छिमेकी मुलुक भारतमा अंग्रेज साम्राज्य विस्तारले अधिपत्य जमाई सकेको थियो । त्यसलाई नेपाल तर्फ कुदृष्टि पार्न शुरु भएको मानिन्छ । पश्चिम नेपालमा पाल्पा राज्यको क्षेत्र भित्र पर्ने स्यूराज र बुटवल भुभागमा विवाद हुन थाल्यो । तत्कालिन अंग्रेज साम्राज्य भनिने इष्ट इण्डियन कम्पनीले शितल–वासस्थानको लालचले यसो भएको हो भनि इतिहासमा पाइन्छ । जनरल अम्बर सिंह थापा र उजीर सिंह थापा पाल्पा राज्यको तैनाथवाला भएर बसे । अम्बर सिंह थापाको नेपाल एकिकरणमा मिलाउने पहल भयो भने उजीर सिंह थापाले वि.सं.१८७१ तिर अंगे्रजी बुटवल र स्पूराज कब्जा गरेपछि अतिक्रमण हटाउन युद्ध गरे । युद्धमा उजीरसिंह थापाले पाल्पा भगवती माताको भक्ति र भाकलले पराक्रम बढाई अंगे्रजलाई धपाउन सफल भएको भनी इतिहासकारहरु बताउँछन् । विजयी उत्सवको रुपमा भाकल अनुसार मन्दिर र मूर्तिको निर्माण र स्थापना गराई भगवती माताको शोभायात्रा गर्ने प्रचलन चलाई दिए । संसारलाई हराउन अंग्रेजलाई हराउने पाल्पाली जस्ता वीरगाथा पाल्पाको ऐतिहासिकता हो । सेन वंशीय शासन प्रशासनिक बन्दोवस्ती, कला–कौसलता देखाउने अवसर, शिल्पकारी, संस्कृत, व्यापार–विस्तार हुँदै एकिकरणकै चरणसम्म पनि सुधार हुँदै आएको थियो भनिन्छ । धार्मिक, सांस्कृतिमा, व्यापार –प्रवद्र्धन नै पाल्पाको पुरानो पहिचान हो ।

पाल्पालीले पनि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि ठूलो योगदान दिएकै हुन् । तर पनि पाल्पालीको योगदान कदर स्वरुप पाल्पाको त्यो ऐतिहासिकतामा कुनै गरिमा मानेर केही सकारात्मक काम भएनन् । पाल्पालीको मूल गौँडो भनेको सिद्धबाबा सडक खण्ड नै मूल निकास हो । यसका लागि हरेक वर्ष बजेट विनियोजन हुन्छ तर काम कहिल्यै सम्पन्न हुँदैन । सिद्धबाबा सडक खण्ड मात्र किन पुरै सडक सधै भरीको निर्माणाधिन, कहिल्यै पक्की र पुरा नहुने अवस्थामा रहन्छ । सिद्धबाबा खण्डलाई सिद्धबाबाको सराप भूत प्रेतको अखडो भनेर पन्छिन मिल्छ कि मिल्दैन ¤ यस खण्डको किस्ता किस्ताको निर्माण कार्यले अप्रत्यक्षबाट फाइदा मिलिरहेको पनि हुन सक्दछ । अहिले सुरु·मार्ग बन्छ भन्ने हल्ला व्यापक छ । तर हात्ती आयो– हात्ती आयो फुस्सा नहोस् । यसको पहल र खबरदारी भईरहनु पर्दछ ।

पाल्पा क्षेत्रमा पर्यटनका थुपै्र दर्शनीय स्थान छन् । मुख्यतया रुपमा–भगवती मन्दिर, पाल्पा भैरवस्थान मन्दिर, अमरनारायण मन्दिर, रम्भादेवी ताहँु, दर्लामकाली भगवथी मन्दिर, रानीघाट स्थित रानीमहल, राम्दीघाट क्षेत्रको सिद्ध सुनगुफा, रुरु धाम क्षेत्र रिडिको कालीगण्डकी र ऋषिकेश मन्दिर परिसर आदि । त्यस्तै पाल्पा पूर्वी क्षेत्रको रामपुरफाँट स्थित ऐतहासिक स्थानहरु छन् । रामपुर फाँट उपत्यकाको उत्तरी शिरानामा सीता कुण्ड, गण्डकीको ढिक आदी दर्शनीय स्थानहरु रहेका छन् । केही सन्तोष लाग्दो भैरवस्थानको व्यवस्थापन भएपनि अन्य स्थानमा गंगा तटिय–घाटका–मेला ठाउँमा ध्यान पु¥याउनु पर्ने देखिन्छ । रिडिमा तीन– मुखे पुलको निर्माणले गति लिन सकेको लागेन । यस्तो पुल सम्भवत: देशकै पहिलो प्रयोग भएको मानिन्छ । यो सम्पन्न भएमा पर्यटकका लागि दर्शनीय र रमणीय नै हुने छ । राज्यले सन् २०२० लाई पर्यटन वर्षको महोत्सवको रुपमा लिएकाले पाल्पा जिल्ला पनि पर्दछ, भन्दामा के – कस्ता कार्यक्रम सञ्चालन गर्न उपर्युक्त हुन्छ र स्थानीय निकाय पक्षहरु सक्रिय हुनुपर्दछ । त्यसो त ‘गेट अफ पाल्पा’ ले बाÞय पर्यटकको आतिथ्य र सहकर्ता भएर होमस्टे मार्फत सेवा पु¥याउदै आएको छ, जुन प्रशंसनिय नै छ ।

पाल्पा जिल्लामा चाडपर्वमा मठ – मन्दिरको भव्य– सभ्य तरिकाले साज– सज्जा गरी भक्ति – भावका साथ सहभागी भएर शोभा– यात्रा हुनुले पश्चिम– नेपालमा प्रसिद्धि नै कमाएको छ । त्यस्तै गरी नेवारी, मगरी समुदायहरुले आफना् संस्कृति, रहनसहनको पहिचान दिने गरी टोल– टोलमा– आलो– पालो जस्तो खाजा महोत्सव पनि गर्ने गरेको देखिन्छ । यो पनि सकारात्मक पक्ष नै हो । यस्ता रमाइलो गतिविधि हुनुले पर्यटन व्यवसायलाई बढावा दिन टेवा पु¥याउँदछ । जन मानसमा आर्थिक चहलपहल बढाउने कार्य सहकारी संस्था र वैंकहरुको हो । अबको वित्तीय तथा सहकारी नीतिले ‘उत्पादन र रोजगारी बढाऊ हरियाली’ भन्ने मर्मलाई वित्तिय संस्था र सहकारीहरुले ध्यान दिन जरुरी छ । लगानीका क्षेत्रहरु–उद्योग, पर्यटन–सेवा, कृषि, उचित बजार व्यवस्था भएमा जनमानसमा राहतको अनुभूति हुने थियो । यी सहकारी तथा वित्तीय संस्थाहरुले कोही कतै पनि जनहित, लोककल्याणका सार्वजनिक निर्शत लगानी गरेको पनि देखिदैन । पाल्पाको पुरानो पहिचान ढाका र करुवा हो ।

ढाका र करुवाको उत्पादनमा निरन्तरता मात्र दिन सकेमा पनि पर्यटकको लागि ठाउँ अनुसारको उत्पादनको आकर्षक वस्तु बन्न गई पुरानो पहिचानको थमौतीको अवस्थ रहने हुन्छ । पर्यटन विकासको विस्तारको अवस्था बढ्दै जाने हुन सक्दछ । पुरानो पहिचान बोकेको पाल्पाको उत्पादन–ढाका र करुवा तरकारीको उत्पादन र बजार व्यवस्थापनमा–विस्थापन र विचलन हुन नदिनका लागि निजी संस्थाहरु व्यवसायी मञ्च, उद्योग, वाणिज्य संघ, व्यापार संघ, स्थानीय निकायहरु सबैले संरक्षण र सम्वद्र्धन गर्न जरुरी छ । त्यस्तै गरी उर्जावान युवा शक्तिलाई स्थानीयस्तरमै रोजगारका अवसरहरु सिर्जना गरी स्थानीयस्तरमै रोक्ने काम गर्नु पर्छ । बजार ओगटेर बसेका यहाँका उद्योगी, व्यापारीहरुले अवसर प्राप्त भएका वेला वुद्धि पु¥याएको भए पाल्पा एउटा व्यापारीक केन्द्र भएर पाल्पालीको मुहारै फेरिने थियो ।

(क) तानसेन बजारका व्यापारीहरुले उतिवेला सिद्धार्थ राजमार्ग बजारबाट छिराउन दिएको भए केही गुल्जार हुने थियो,तर त्यसो भएन । बर्तुङ्गबाट–तानसेन पूर्व तेस्र्यायो । पछि समाजसेवी भूयूमान लिगल–काकाले बर्तुङ्ग–तानसेन सडक जोड्न पहल गरे । ख) गुल्मीबाट अहिले बाग्लुङ्गको, बूर्तिबाङ्ग, पाल्पा छहरा तिरबाट अर्घाखाँची बाटो छिरेको छ । उत्तिवेला बजारबाट छिराउन दिएको भए तानसेन–बजार गुल्मी हुँदै बाग्लुङ्ग –अर्घाखाँची पुग्थ्यो । सेन वंशीय व्यापारिक केन्द्रको सपना बल्ल पुरा हुन्थ्यो । अहिले होलाङ्दीबाट बाईबास रोड जाँदा पनिजाती नै भयो र होला त ? यसरी बेला बखतमा कमी–कमजोरीका कारण पाल्पा पहिले जति ऐतिहासिक शहर थियो, त्यही अनुपातमा समय, व्यवस्था र जनचाप अनुसार पाल्पाको गरिमा बढेको छैन, उल्टो खस्केको छ । यो जन–सरोकारको विषय बन्नु पर्दछ । वर्तमान समयमा शित्तलपाटी तेस्रो सडकको ढुङ्गा छापेर बाटो निर्माण गर्न लागेको कुरा भने प्रशंसनीय छ । पाल्पा जिल्ला बसोवासको लागि उपर्युक्त छ । किनकि यस क्षेत्रको हावापानी न त गर्मी छ न त धेरै जाडो नै छ । यहाँ पर्यटन विकासको प्रचुर संभावनाहरु छन् । पाल्पा विषेशत कला–संस्कृतिक, शिक्षा र सभ्यताको धनी छ । यसलाई संरक्षण गरी यहाँको पहिचान बोकेको प्रसिद्धिलाई मात्र जोगाउन सकिएको खण्डमा पनि सन् २०२० मा आन्तरिक र बाÞय धेरै पर्यटकहरु भिœयाउन सकिनेछ । अस्तु ¤ ( लेख, शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका उपाध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update