Shittalpati
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

पाल्पा, बुधबार बसेको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ । एमालेको अवरोधका कारण फागुन २२ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो । बैठक पाँच मिनेटमै सकिएको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए । त्यसलगत्तै बैठक स्थगित भएको थियो । त्यसपछि सभामुख सापकोटाले फागुन २२ गते आइतबार दिउँसो १ बजे अर्को बैठक बस्ने गरी स्थगित गरेका हुन् ।

बैंठकमा एमाले अवरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामीला मन्त्री दीलेन्द्र प्रसाद बडुले आर्थिक वर्ष २०७७÷७८ को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले सभामुखको राजीनामा माग गर्दै नाराबाजी सूरु गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा कायम नगरेको भन्दै एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update