Shittalpati
पाल्पाको पूर्वखोलामा विषादी सेवन गरी बालिकाको ज्यान गयो

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकामा विषादी सेवन गरी एक बालिकाको ज्यान गएको छ । गाउँपालिका-३ मेञ्जिडाँडाकी १६ वर्षीया अस्मिता परियारको मुसा मार्ने विषादी सेवन गरी ज्यान गएको हो ।

मृतक परियारले आइतबार मुसा मार्ने विषादी सेवन गरेको परिवारले देखेपछि उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन ल्याएका थिए । अस्पताल ल्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update