Shittalpati
विधेयक स्वीकृत

काठमाडौं, प्रतिनिधिसभाले ‘संघ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यही फागुन १५ गते गणपूरक संख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको उक्त प्रस्ताव आईतबार प्रस्तुत गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले उक्त विधेयक प्रस्तुत गरेकी हुन् । उक्त प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमलसेनाले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति जनाएका थिए । –रासस

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update