Shittalpati
यस्तो छ २०७८ सालको भविष्य फल

पं. होमनाथ न्यौपाने
२०७७ साललाई विदाई गरी २०७८ साललाई स्वागत गरिएको छ । यो वर्ष राक्षस नाम गरेको समवर्ष परेको छ । जसरी राक्षसहरु मस्त रहन्छन् त्यसै गरेर मानिसहरु पनि मस्त रहने ज्योतिष शास्त्रमा उल्लेख छ । २०७८ साल कस्तो छ त भन्नेमा यहाँ चर्चापरिचर्चा गरिएको छ । शाके संवत् १९४३, विक्रमादित्य संवत् २०७८, भुक्तभोग्य नमान्दा यो संवत्सरको नाम राक्षस हो ।
यस वर्षका राजा र मन्त्री पदमा मंगल नै आसीन छन् । सौर्यमण्डलका ग्रहहरू आ–आफ्ना विभागमा सक्रिय रहने छन् । यसवर्षको ग्रह गठनमा राजा र मन्त्रीलाई नसमेट्दा शुभ ग्रहको प्रभाव बढिरहेको देखिन्छ । राजा र मन्त्रीका रूपमा मंगल पुरुष ग्रह छन् । सैन्यकारक, रक्तकारक, अग्नि तत्व, भूमिकारक, रोगकारक मंगलले राजा र मन्त्रीसमेतको चार विभाग समेटेको हुँदा वर्षको आरम्भमा प्रशस्तै समयस्याहरू आउने सम्भावना रहन्छन् ।

प्रभावशाली ग्रह मंगलले ठोस कार्यलाई अगाडि सार्ने र मन्त्री पदमा आसीन सैन्यकारक ग्रह मंगलले प्रशासनिक दक्षतालाई निर्देशात्मक तवरले बढावा दिने हुँदा राजनीतिलाई प्रतिबद्धता उन्मुख गराउन बल पुग्नेछ । दिग्भ्रमित भइरहेका बुद्धिजिवी र जिम्मेवार व्यक्तिहरू बाध्य भई संगठित हुँदा छद्मभेषी, कलुषित, मानव विरोधी जमात विश्वभर तर·ित हुनेछन् । सैन्यकारक ग्रह मंगलको वर्षमा आधिपत्य रहेको छ । वेदनीतिले राजाले राज्य गर्ने र मन्त्रीले राजनीति गर्ने भन्नेछ । २०७८ सालमा ग्रहहरुको राज्य व्यवस्थामा मंगल राजा र मन्त्री पनि स्यमं मंगल नै रहेको छ । मंगल ग्रहको कडा स्वभाव भएको र सम्वत सम पनि ६० संवत्सर मध्ये क्रमागत हिसाबले आनन्द नामको हुन पर्नेमा क्षय भै राक्षस नामको सम्वतसर हुनआएको अवस्थामा नामै राक्षस छ । अब काम कस्तो होला धेरै विद्घानहरुले २०७८ सालको पुजा आदिमा सकंल्प गर्दा सम्वत्सर को नाम प्रमादीनै या आनन्दनाम उच्चारण गरी संकल्प भन्ने कुरा चलिरहेको छ । राक्षस नामको सम्वतसरको आगमन अघि वातावरण पनि राक्षस झै धुवा धुलो वायुमण्डलमा प्रदूषण हुँदा प्राणी र मानिसहरुलाई धेरै रोगको प्रकोप देखा पर्ने प्रमाणित छ । वर्षामा कमी, खण्डवृष्टि, उत्पादनमा कमीकमजोरी , रोगमप, महंगीले जनता आक्रान्त हुने, अराजकता बढ्ने चोर डाकाहरुको मप हुने राक्षसको रजाई उल्का पातको सम्भावना यि ग्रहराज्य सञ्चालनबाट देखिएको छ ।

आफै राजा आफै मन्त्रि अग्निमप, धेरै कुरामा भय हुने सम्भावना देखाउछ । राज्य सञ्चालनमा अराजक बिश्वास घात आपसमा द्वन्दहुने र प्रकृतिलाई राक्षसले आफ्नो कब्जामा राख्ने प्रयासले वर्षामा बाध्यता गराई फलफूल अन्नवाली भने केही राहत गराई राक्षसले आफ्नो हातमा लिई देव सज्जनमा बाधादिने गर्ने जस्ता हिरण्याक्ष, हिरण्य कस्यपु राक्षसले स्वर्ग मत्र्य, पातालजिति स्वर्गको राज्य सञ्चालन गरेर सबैलाई बाधा पु¥याएको थियो । त्यस्तै प्रकारबाट जनतालाई दुुखदिई रोग प्रकोप बढाउने देखिन्छ । हुन त मंगल भूमि मालिक हो । सैनिक शक्ति पथ प्रवद्र्धक हो । राम्रो ठाउँमा भएमा तर सबै आफै हत्याउने राजामन्त्रि पद अरुलाई पर्न नदिने जस्ता कार्यले एकलौटी जिताह आफूले जे भन्यो जे ग¥यो ठीक मान्ने प्रवृति गर्छ । त्यस कारण २०७८ सालमा आफ्नो स्वास्थ मापदण्डलाई ख्याल गरी अनुशासित भई कृषि, व्यापार,उद्योगहरुमा राम्रो काम गरी सेवा मुखि हुन पर्ने छ । जनता लडाउने, धोका दिनेहरुबाट सावधानी रहनु आफ्नो अधिकार हो । अब हामी सचेत छौ , लहै लहैमा लाग्दैनौ,। आ–आफ्नो धर्म संस्कृति परम्परालाई पालना गरी नारीहरुको सम्मान , माता पिताको सम्मान, गुरु मान्यजनको सम्मान गरी गौरक्षा दुःखीको रक्षा अपा·,असक्त, वृद्ध वृद्धाको रक्षा गर्नु मानवको कर्तव्य हो भन्ने ठान्नुपर्दछ । हामी पनि भोलिका दिनमा रोगी, वृद्ध, असक्त हुन पनि सक्छौ । यस बेला हामीलाई हेर बिचार गर्ने को होला भन्ने सम्झि आज परोपकार गर्ने हिंसालाई अन्त्य गर्ने , मानवअधिकारको पालना गर्ने । सन्तुलित भोजन समय–समयमा मिलाएर खाएमा स्वास्थ्य निरोगी धर्म कर्म पालना भएको मानिन्छ । यो राक्षस नाम सम्वत सर एक वर्ष चल्छ । यसको अन्त्यतर्फ जाँदा नलनामको संवतसरले देख्छ । त्यसपछि आनन्दको अनुभूति मिल्ने देखिन्छ । सत्यं, वद ,धर्मचर मानिसमा भेदभावनगरी आपसमा भाईचार भै बसौं । नव वर्ष २०७८ सालको शुभ उपलक्ष्यमा देश रुविदेशमा रहनुहुने सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । परोपकार पुण्याय पापाय पर पीडनम । अस्तु !!

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update