Shittalpati
रहेनन् नेपाली काँग्रेस गुल्मीका पूर्व सांसद ज्ञवाली

 रामचन्द्र रायमाझी
पाल्पा,नेपाली काँग्रेस गुल्मीका पूर्व सांसद्, संस्थापक सभापति, शैक्षिक। सामाजिक व्यक्तित्व, प्रजातान्त्रिक आन्दोलनका योद्धा भागवत ज्ञवालीको निधन भएको छ । निष्ठावान चरित्रका ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ज्ञवालीले फोक्सोमा समस्या देखिए पछि लामो समयदेखि उपचार गर्दै आएका थिए । उनी दिल्लीमा उपचारपछि सोमबार काठमाडौं आएका थिए । शरिरमा पुनः समस्यादेखिएपछि ज्ञवालीलाई अल्का अस्पतालमा लगिएको थियो । २००१ सालमा गुल्मीको मानकोटमा जन्मिएका ज्ञवालीे २०४८ सालमा कांग्रेस गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए ।

तानसेन बुहमुखी क्याम्पसका अध्यक्ष समेत रहेका ज्ञवालीले पाल्पाको शैक्षिक तथा सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका छन् । उनले तानसेन बहुमुखी क्याम्पसमा २०५६ साल देखि अहिले सम्म निरन्तर अध्यक्षय भई कुशल पूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले बताए । क्याम्पसको शैक्षिक गुणस्तरमा ज्ञवालीको महत्वपूर्ण योगदान रहेको भन्दै क्याम्पस प्रमुख ज्ञवालीले उनको निधनले क्याम्पस र जिल्लाको शैक्षिक क्षेत्रमा क्षति पुगेको बताए । ज्ञवालीको निधन प्रति क्याम्पसले शोक मनाउदै बुधबार एक दिन विदा दिने भएको छ ।

ज्ञवाली पाल्पा र गुल्मीका विभिन्न सामाजिक शैक्षिक संघ संस्थामा क्रियाशिल रहदै आएका थिए । ज्ञवालीको निधनप्रति उनका आफन्त, शुभचिन्तक, पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी लगायतले सामाजिक सञ्जाल मार्फत समवेदना व्यक्त गर्दै शैक्षिक तथा सामाजिक व्यक्तित्वको निधनले एक होनाहार अभिभावक गुमाएको प्रति चिन्त व्यक्त गरेका छन् । ज्ञवालीको निधनप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत निष्ठावान नेता गुमाएकोमा दुःख व्यक्त गरेका हुन् । त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मीका पूर्व सांसद चन्द्र भण्डारीले पनि ज्ञवालीको निधन प्रति दुख व्यक्त गरेका छन् । उनले समाजिक सञ्जाल फेसबुक मार्फत प्रजातान्त्रिक योद्धाको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको भन्दै दुख व्यक्त गरेका हुन् । ज्ञवालीका श्रीमती दुई छोरा र तीन छोरी रहेका छन् । उनको मंगलबार दिउसो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update