Shittalpati
तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि तीन देशका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष आयरल्याण्ड, आइसल्याण्ड र आर्मेनियाका गैआवासीय राजदूत क्रमशः ब्रेन्डान वार्ड, गुडमन्डुर अर्नि स्टेफान्सन र आर्मेन मार्टिरोस्यानले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शंकरदास वैरागीका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । –रासस

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update