Shittalpati
नेकपा रामपुर नगर कमिटीद्वारा शोक सभा

इमान सिं राना
पाल्पा (रामपुर), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कमिटीले शोक सभा गरेको छ । पार्टीले रामपुर नगरपालिका ७ बस्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल निवर्तमान केन्द्रिय अध्यक्ष एवं संगठित सदस्य बद्री पंगेनी र संगठित सदस्य रविन्द्र पंगेनीको बुवा बोधराज पंगेनीको ११ औं दिनको पूण्यतिथीमा शोक सभा गरेको हो । शोक सभामा समवेदना दिनका लागि पूर्व मन्त्री एवं संघिय सांसद दलबहादुर राना, संविधान सभा सदस्य राधाकृष्ण कंडेल, प्रदेश नं. ५ का सांसद युवराज खनाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ता, शुभेच्छुकहरु उपस्थित भएका थिए ।

स्वर्गीय पंगेनीको निवास कथानमा भएको शोक सभामा उनको तस्वीरमा माल्यार्पण गर्दै पूर्व मन्त्री एवं संघिय सांसद दलबहादुर रानाले पञ्चायत कालदेखि हालसम्म बामपन्थी आन्दोलनमा दिएको योगदान स्मरणीय गरे । पंगेनीले निस्वार्थ भावनाले गरेको योगदानको अनुसरण गर्दै अघि बढ्न अनुरोध गर्दै रानाले हाम्रा इतिहासहरुको संरक्षणको लागि अब पूर्खाहरुको योगदानलाई लिपीवद्ध गर्नु आवश्यक रहेको बताए । साथै उनले पछिल्लो समयको समवेदना दिने शैलीमा रुपान्तरणको आवश्यक रहेको बताए ।

अब समवेदान नेकपाका केन्द्रिय सदस्य एवं प्रदेश नं. ५ का सहसंयोजक रहेका रानाले वर्तमान सरकारले दुई वर्ष ऐन तथा नीति बनाउन समय खर्चेको र अब निर्माणलाई अघि बढाउन अग्रसर भएको बताए । शोक सभामा विनोद पोखरेलले उनको जीवनी र पञ्चायत काल देखि हाल सम्म स्वर्गीय पंगेनीले खेलेको भूमिकाको चर्चा गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुरका नगर कमिटी अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको शोक सभाको सञ्चालन सचिव दामोदर पाठकले गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update