Shittalpati
महानिरीक्षकद्वारा पदभार ग्रहण

काठमाडौं, महानिरीक्षकद्वारा पदभार ग्रहणकाठमाडौं, नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिÞन प्राप्त गरेलगत्तै उनलेले कार्यकक्षमा पुगेर बुधबार पदभार ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषद्को मंगलबारको निर्णयले उनलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । उनको कार्यकाल जम्मा पाँच महिनाको रहने छ । समाजशास्त्रमा स्नातकोत्तर गरेका ज्ञवालीले विभिन्न ३३ राष्ट्रिय
तथा अन्तर्राष्ट्रिय तालिम लिइसकेका छन् । –रासस

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update