Shittalpati
आज गैरआवासीय नेपाली दिवस मनाइदै

पाल्पा । आज गैरआवासीय नेपाली दिवस मनाइदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो । आज संसारभर छरिएर रहेका नेपालीहरुको साँझा सस्था गैरआवासीय नेपाली संघले औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ । हरेक वर्षको असोज २५ गतेका दिन यो दिवस मनाउने गरीन्छ ।

यो एउटा सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका विदेशी नागरीक अटाउन सक्ने गैर–आवासीय नेपालीहरूको अंतराष्ट्रिय संजाल हो । नेपाली पासपोर्ट बोकेर ६ महिना या बढी समयका लागि रोजगारी, बसाइसराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ । नेपालको मात्र उन्नती नभइ नेपाल बाहिरका नेपालीको पनि प्रशिद्धि बढ्न स्क्ने र जन्मभूमीको विकासका लागि सबैले यथासक्य सहयोग गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघ स्थापना भएको हो ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update