Shittalpati
पाल्पा एमालेको निर्वाचन तयारी बैंठक, विभिन्न उपसमिति गठन

पाल्पा, नेकपा एमाले पाल्पा क्षेत्र न.२ को निर्वाचन तयारी बैठक बुधबार बसेको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै एमालेले तयारी बैंठक राखेको हो । 

जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा बसेको बैठकले निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । अध्यक्ष घर्तीमगरको संयोजकत्वमा प्रदेश कमिटी सदस्य, सल्लाहकार, जिल्ला सल्लाहकार, जिल्ला कमिटी सदस्य, सम्बन्धित क्षेत्रका कमिटी सदस्य, पालिका कमिटीका सदस्य, वडा कमिटी अध्यक्ष, जनसंगठनका केन्द्रीय, प्रदेश सदस्य, जिल्ला जनसंगठनका पदाधिकारी सदस्य रहने गरी निर्वाचन परिचालन मूल समिति गठन गरेको पार्टीका प्रचार–प्रसार विभागका संयोजक दीपक विश्वकर्माले  जानकारी दिए । 

समितिमा सम्बन्धित क्षेत्रका पदाधिकारी, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी, क्षेत्रिय कमिटी पदाधिकारी र पालिका अध्यक्ष सदस्य रहेका छन् । बैठकले धनेन्द्रराज घिमिरेको संयोजकत्वमा अनुगमन तथा निर्देशन उपसमिति गठन गरेको छ । जसमा नारायणी घिमिरे, देवीप्रसाद बस्याल, डाक्टर रामबहादुर राउत, कुल प्रसाद नेपाल, मेघराज शर्मा, पर्शुराम भट्टराई, गणेश बस्याल पार्टी केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य रहेका छन् ।

प्रचार–प्रसार समिति संयोजकको जिम्मेवारी  विश्वकर्मालाई नै दिइएको छ । प्रचारप्रसार कमिटी र प्रेस चौतारीमा आवद्ध सदस्य यस समितिका सदस्य रहने छन् । यस्तै तुलबहादुर अधिकारीको संयोजकत्वमा युवा परिचालन उपसमिति गठन गरिएको छ । जसमा कृष्ण कार्की उपसंयोजक रहेका छन् । महिला परिचालन समिति संयोजकमा मिना जिसीलाई जिम्मेवारी दिइएको छ । विनोद कार्कीको नेतृत्वमा कानुनी परामर्श उपसमिति गठन गरिएको छ । यस्तै रामजी पोखरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसमा गोपाल पौडेल, दामोदर घिमिरे, चिरन गैरे, भूपति पाण्डे सदस्य रहेका छन् । कार्यालय व्यवस्थापनको जिम्मेवारी दीपक विश्वकर्माको नेतृत्वमा मित्रलाल नेपाली, नरबहादुर विक लगायतलाई दिइएको छ । बैठक निर्वाचन प्रतिनिधिको रूपमा धनेन्द्रराज घिमिरेलाई जिम्मेवारी तोकिएको छ । बैंठकमा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर गैरे,  पार्टीका संघ, प्रदेश र जिल्लास्तरका नेताहरूको उपस्थिति रहेको थियो ।

–मिलन विश्वकर्माबाट
 

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update