
पाल्पा, जिल्लाको तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले नगरपालिकाको १७ औं नगरसभा अन्तर्गत पहिलो बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
सभामा उपप्रमुख सिंजालीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ४६ करोड ५० लाख ९६ हजार ८ सय ७ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिन् । कृषि, पर्यटन, रोजगार र पूर्वधारलाई प्रथामिकतामा राखेर उनले बजेट सार्वजनिक गरेकी हुन् ।वित्तिय व्यवस्थातर्फ ८५ लाख समेत गरी चालुखर्चतर्फ ६२ करोड ७ लाख ३५ हजार अर्थात् ४२ दशमलव ३७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८४ करोड ४३ लाख ६१ हजार अर्थात् ५७ दशमलव ६३ प्रतिशत रहेको छ । बजेटको स्रोतमा संघीय सरकारबाट समानीकरण अनुदानतर्फ १५ करोड ३८ लाख, समपुरक अनुदानतर्फ १ करोड ८५ लाख, सशर्त अनुदान चालुतर्फ ३९ करोड ९१ लाख, पुँजीगततर्फ ३४ करोड ९५ लाख, विशेष अनुदान २ करोड ०२ लाख र राजश्व बाँडफाँडतर्फ १० करोड ८८ लाख ८१ हजार , प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ०८ ५५ लाख ०८ हजार, समपुरक अनुदान १ करोड २० लाख, राजस्व बाँडफाडबाट १ करोड ३० लाख ३८ हजार प्राप्त गर्ने अनुमान छ । यसैगरी आन्तरिक आयतर्फ आन्तरिक राजश्व १७ करोड १४ लाख ८५ हजार अनुमान गरिएको छ । भारतीय दूतावासबाट २ करोड ४९ लाख, युनोप्स १ करोड ४८ लाख ५० हजार, नगर विकास कोष ८ करोड १२ लाख ८१ हजार, प्रदेश स्थानीय सहयोग कार्यक्रम ४ लाख ३६ हजार, जनसहभागिता तर्फ १ करोड, नवप्रवद्र्धन साझेदारी कार्यक्रमतर्फ १ करोड ०८ लाख आगामी आर्थिक वर्षको लागि सरिजाने मौज्दात ५ करोड अनुमान गरि उपप्रमुख गाहाले बजेट पेश गरेकी हुन् । आर्थिक विकास क्षेत्रतर्फ ८ करोड ८४ लाख ४६ हजार ३ सय, सामाजिक विकासतर्फ ४९ करोड १५ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधारतर्फ ६९ करोड ७१ लाख ५ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ४६ लाख ७५ हजार, सुशासन तथा संस्थागत विकासतर्फ १५ करोड ३३ लाख २१ हजार बजेट विनियोजन भएको छ । आर्थिक विकास क्षेत्रतर्फ विनियोजित बजेट मध्ये कृषिमा ५ करोड ७९ लाख ४८ हजार, सिचाँईतर्फ ३५ लाख ५० हजार, पशुपंक्षीतर्फ ५० लाख ५० हजार, पर्यटन तथा संस्कृतितर्फ एक करोड १२ लाख ३८ हजार ३ सय, उद्योग व्यापार, व्यवसायीतर्फ २९ लाख ५० हजार, भूमि व्यवस्था, सहकारी र वित्तिय सेवातर्फ ११ लाख, श्रम, रोजगारी तथा गरिबी निवारणमा ६६ लाख १० हजार बजेट छुट्याइएको छ । यस्तै सामाजिक विकासतर्फको बजेटमा शिक्षा, कला, भाषा तथा साहित्यमा ३८ करोड ४५ लाख ३० हजार, जनस्वास्थ्य तथा पोषणतर्फ ५ करोड ९८ लाख १५ हजार, महिला बालबालिका र सामाजिक समावेशीकरणमा एक करोड १४ लाख १ हजार, खानेपानी तथा सरसफाईतर्फ ९४ लाख ४७ हजार, युवा खेलकूद तथा नवप्रवर्तनमा २ करोड ४७ लाख ४ हजार र सामाजिक सुरक्षा तथा पञ्जीकरणतर्फ १६ लाख ५० हजार छुट्याइएको छ । यस्तै पूर्वधारतर्फको बजेट अन्तर्गत भवन, आवास तथा वस्ती विकासमा ४ करोड ९० लाख ५० हजार, सडक, पुल तथा यातायाततर्फ ६४ करोड ३० लाख ८४ हजार, जलस्रोत, विद्युत् तथा स्वच्छ उर्जामा ३५ लाख ७१ हजार, सूचना तथा सञ्चार प्रविधिमा १४ लाख रहेको छ । कृषिको व्यवसायिकरण तथा उत्पादन , उत्पादकत्व वृद्धि र पर्यटन विकासमार्फत रोजगारी सिर्जना गर्ने र गरिबी न्यूनिकरण गर्दै जीवनस्तर सुधार गर्ने, सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई प्रोत्साहन गर्दै विकासमा साझेदार बनाउन प्रेरित गर्ने नगरवासीको न्यूनतम आधारभूत आवश्यकताहरुको परिपूर्ति गर्ने बजेटको उद्देय रहेको छ ।
नगरप्रमख सन्तोषलाल श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्दा जनताको घर दैलोमा नगरप्रमुख, मेयर पूर्वधार कार्यक्रम, उपप्रमुखसँग महिला मैत्री पूर्वधार, म स्वास्थ्य, मेरो समुदाय स्वास्थ्य कार्यक्रम, किसानसँग नगरप्रमुख कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रम उल्लेख गरिएको छ । ढाका प्रबद्र्धन कार्यक्रम, सहकारी विकास, मेला महोत्सव तथा व्यवसाय विकास, पाल्पा दरवार परिसर सौन्दर्यकरण, रानीमहल तथा श्रीनगर क्षेत्र विकास, पर्यटन प्रबद्र्धन कार्यक्रम, श्रीनगर डबलीको विकास एवं प्रबद्र्धन, नगर पशु सेवा तथा कृषि विकास कार्यक्रम, पर्यटन विकास बोर्ड गठन तथा सञ्चालन, दुग्ध उत्पादनमा किसान सहुलियत कार्यक्रमहरु प्रभावकारिताका साथ अगाडि बढाइने नगर प्रमुख श्रेष्ठले बताए । यस्तै नगरको ऐतिहासिक कला, साहित्य, संस्कृति, सम्पदा, विज्ञान तथा प्रविधि, शिक्षा, स्वास्थ्य जस्ता विधाको अनुसन्धान, विकास र विस्तारका लागि तानसेन नगर प्रज्ञा प्रतिष्ठान मार्फत महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिने, तानसेनको पर्यटन, संस्कृति र सम्पदाको विकासको लागि योजनाबद्ध ढ·ले प्रभावकारी कार्यहरु अगाडि बढाउने नीतिलाई कार्यान्वयन गर्न “तानसेन पर्यटन विकास बोर्ड“ गठन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा तानसेनको बारेमा प्रचार प्रसार गर्ने लक्ष्य लिइएको छ । नेपालकै प्रमुख धार्मिक हृषिकेश/रुरु क्षेत्रमा विशेष कार्यक्रमहरु कार्यान्वयनको व्यवस्था मिलाइने, हृषिकेश मन्दिर वरिपरीको क्षेत्रको संरक्षण र व्यवस्थापन मन्दिर व्यवस्थापनले हेरचाह गर्न मिल्ने व्यवस्थाको लागि पहल गरिने, यातायात पूर्वाधारको विकास गरी गुफाचौर क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने, माण्डव्य सरोवर निर्माणको लागि विशेष पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै सार्वजनिक निजी साझेदारी अवधारणामा “तानसेन सिटीहल“ निर्माण कार्य अगाडि बढाइने,सामाकोट, टक्सार किटडाँडा लगायतका खानीक्षेत्र रहेका स्थानहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने,लिपिन्देवी जङ्गी अडडा जीपलाईन निर्माण परियोजनाको सम्भाव्यता अध्ययन गरी सम्भाव्य योजनालाई सार्वजनिक निजी साझेदारी अवधारणा मार्फत कार्यान्वयनमा लगिने, स्थानीय संस्कृति र पर्यटन विकासमा महत्व राख्ने तानसेन नगरपालिका क्षेत्र भित्रका होटल तथा रेष्टुरेण्ट र नयाँ क्षेत्रका बस्तीहरुमा होमस्टेहरुको स्थापना र स्तरोन्नतीमा सहकार्य गरिने, निजी क्षेत्रसँगको सहकार्यमा पोखरा गन्तव्य बनाई जाने भारतीय पर्यटकहरुको पाल्पा बसाईको वातावरण तयार गरिने पनि नीति रहेको छ । लघु उद्यमशिलता कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइने, स्थानीय बजार प्रवद्र्धनको लागि हरेक हप्ताको शुक्रबार हुने साप्ताहिक बजार महोत्सवलाई निरन्तरता दिई थप व्यस्थित गरिने, नगरपालिकाका प्रमुख बजार क्षेत्रमा प्रदर्शनी तथा विक्री कक्ष, कोशेली घर स्थापना गर्ने कार्यलाई निरन्तरता दिईने, नगरपालिकाले सञ्चालन गर्ने विभिन्न कार्यक्रम तथा समारोहमा स्थानीय उद्यमीले उत्पादन गरेका फूल, दुना टपरी तथा अन्य सामाग्रीहरुको प्रयोग गरी बजारीकरणमा सहयोग पुर्याउने, किसानलाई उन्नत जातका बीउवीजन, कृषि सामग्री, मल, प्रविधि, यन्त्र उपकरण, प्रशोधन भण्डार कार्यमा प्रत्यक्ष सहयोग गर्ने, उच्च मूल्यका कृषि तथा पशु तथा बाली बस्तु विकास र बजारीकरणलाई उच्च प्राथमिकता दिइने, यन्त्र उपकरणको दररेट निर्धारण गरिनुको साथै बन्यजन्तु नियन्त्रणको बैकल्पिक विधिहरुको खोजी गरिने तानसेन नगरपालिकामा अदुवा भण्डारण गृह निर्माण गरी सञ्चालनमा ल्याइएकोमा भण्डारण गरेबापत कृषकलाई प्रति के.जी. रु. ५ का दरले दिइएको अनुदानलाई निरन्तरता दिइ किसानको उत्पादनको बजारीकरणको लागि सम्बन्धित संघ संस्थाहरुसँग सहकार्य गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । नगर सभामा विभिन्न विधेयकहरु समेत पेश भएको छ । उपप्रमुख गाहाले विनियोजन विधेयक २०८२, हेमन्तराज शाक्यले आर्थिक विधेयक २०८२, महेश्वर श्रेष्ठले नगर प्रज्ञाप्रतिष्ठान, दलित सशक्तिकरण र विकास, लैड्ढिक समनता तथा सामाजिक विकास विधेयक, सागरमान महर्जनले तानसेन पर्यटन विकास लगायतका विधेयक सभामा पेश गरेका छन् । नगर सभाको दोस्रो बैंठक असार २६ गते बस्ने जनाइएको छ ।