Shittalpati
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी हुँदै

लुम्बिनी, लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा  हुने गोष्ठीमा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले जानकारी दिए ।

विश्वभरका मानिसहरु वातावरणीय संकट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको डीन शाक्यले बताए । 

बुद्ध जन्मस्थलमा आयोजित गोष्ठीमा नेपालसहित श्रीलड्ढा, थाइल्याण्ड, म्यानमार, जापान, ब·लादेश, भारत, ताइवान, पोर्चुगल, फान्सलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । गोष्ठीमा बौद्ध शिक्षाको महत्व, लुम्बिनीसहितका बौद्ध स्थलहरुको संरक्षण र विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस हुनेछ । गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा समूहगत छलफल समेत गरिने जनाइएको छ । गोष्ठीमा समकालीन विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाका कुन रूपहरू आवश्यक छन्, यस्तो शिक्षा फैलाउन लुम्बिनी बौद्ध विश्वविद्यालयले कसरी योगदान गर्नसक्छ र संसारभरका मानिसहरूले कस्ता प्रकारका पाठ्यक्रमहरू अपेक्षा गर्छन् भन्ने विषयमा छलफल हुने छ । बौद्ध शिक्षाको महत्वमा केन्द्रित भएर लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक कार्यक्रमबारेमा जानकारी दिन र मानवले सामना गरिरहेका जटिल समस्यालाई सम्बोधन गर्न योगदान पु¥याउने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update