Shittalpati
सरकारलाई कुटनीति पहल थाल्न नेविससंघ गुल्मीको आग्रह

रमेश विश्वकर्मा

गुल्मी । नेपाल विद्यार्थी संघ गुल्मीले भारतले विभिन्न बहानामा नेपाली भू–भाग मिचिइरहँदा सरकारले कुनै ठोस कदम नचालेको भन्दै तत्काल परिणाममुखी कुटनीतिक पहल थाल्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै नेविसंघले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको अतिक्रमण भईरहदा सरकार उदासीन रहन नमिल्ने भन्दै तत्काल उच्चस्तरीय कुटनैतिक पहल गरी नेपालको भूमिको रक्षा गर्न आग्रह गरेको हो ।

संघका कार्यवाहक जिल्ला सभापति रामजी पन्थीले सन् २०१५ मा चीन र भारत सरकारबिच बेइजिङ्मा भएको लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौतालाई खारेजीका लागि माग समेत गरेका छन् । सभापति पन्थीले उक्त सम्झौता नेपालको सहमती र हित विपरित भएकाले तत्कालीन सुशिल कोइराला नेतृत्वको सरकारले भारत, चीनसमक्ष बिरोध जनाएको अवगत गराए । साथै संघले सीमा अतिक्रमणको विरूद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका केन्द्रीय नेताहरुमाथि गरिएको प्रहरी दमन र हस्तक्षेपको घोरभर्सना गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update