Shittalpati
तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम

पाल्पा, राजनीतिक दलहरुले भाषण गफ मात्रै  गर्छन् भन्ने कुरा नेकपा एमाले तानसेन नगर कमिटीले शुक्रबार तोडेको छ । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानका साथ नेकपा एमाले तानसेन नगरकमिटीले तानसेन भित्रका व्यवसायिक कुखुरापालक कृषकहरुलाई एक दिने तालिम दिएको हो ।

 एमाले तानसेन नगर कमिटीले नगरका १४ वटा वडाभित्रका ५१ जना कुखुरापालक कृषकहरुलाई तालिम दिएको छ । जनतालाई आर्थिक रुपमा माथि उठाउँदै उनीहरुको जीवनस्तरमा सुधार ल्याउन एमालेले  सुखी नेपाली संमृद्ध नेपाल अभियानलाई अगााडि बढाएको हो । कुखुरापालन  तालिमको संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे शुभारम्भ गरिन । तालिममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द पाल्पाका पूूर्व प्रमुख पशु चिकित्सक डा. चन्द्रबहादुर रानाले पाल्पाको व्यवसायिक कुखुरा पालनको अवस्था,  कुखुरामा लाग्ने रोग, रोग तथा बच्ने उपाय, औषधी उपचार, कुखराका लागि आवश्यक पर्ने दाना, पानी,  व्यवस्थित खोर निर्माण लगायतका विषयमा कृषकहरुसँंग छलफल गर्दै सहजीकरण गरे । कुखुरा पाल्दा ध्यान दिनु पर्ने कुराहरु, मौसम तथा बजारको पूूर्व आकलन, राम्रो खोरको ब्यवस्थापन, कुखुरा पाल्दा आईपर्ने समस्याहरुको समाधानका विषयमा पशु चिकत्सक डा. चन्द्र बहादुर रानाले कृषकहरुलाई जानकारी दिए ।  

तालिममा भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्राविधिक यूवराज ज्ञवालीले कुखुरापालक कृषकहरुले सरकारीस्तरबाट पाईने सेवा सुविधा तथा फर्म दर्ता, कुखुराको बजारको अवस्थाका बारेमा जानकारी गराएका थिए । तालिममा एनआईसी एसिया बैंक तानसेन शाखाका प्रमुख हरिकृष्ण शर्माले समग्र कृषि तथा पशुपालन क्षेत्रमा बैकले गर्दै आएको लगानी, सहुलियत ऋणको अवस्था, ऋण लिन कृषकहरुले अपनाउनु पर्ने विविध कुराहरु, व्याजदरको अवस्था, कृषि तथा पशुमा क्षेत्रमा गरिने बिमाहरुको बारेमा जानकारी गराएका थिए ।

एमालेले कृषकहरुको आयआर्जन बढाउन कुखुरापालक कृषकहरुलाई तालिम प्रदान गरेर राम्रो कामको शुरुवात गरेको  तालिममा सहभागी तानसेन– ५ की मञ्जु बस्यालले बताईन ।  पशु विज्ञ, पशु चिकित्सकबाट पाएको तालिम र ज्ञान प्रभावकारी भएको तालिममा सहभगाी तानसेन– १० की विष्णु पौडेलले बताईन । हामीले कुनै पनि राजनीतिक कुराकानी तथा भाषणा गरेनौ, दिनभरी नै कृषकका कुराहरु सुन्यौ, कृषकहरुले आ–आफ्नो अवस्था बारे कुराहरु राखे, कुखुरापालेर बढी भन्दा बढी आम्दानी लिने विषयमा नै विषयबस्तु केन्द्रित गरेर तालिम सञ्चालन गरेको एमाले नगर अध्यक्ष गुराँश आत्रेयले बताए ।  उनले भने ‘जनतालाई सुखी र संमृद्ध बनाएर मात्र देश बन्न सक्छ, वैदेशिक रोजगारमा लागेको लर्काेलाई रोक्न सकिन्छ भनेर नै हामीले कृषकहरुलाई तालिम दिएका हौं । ’यस बाट राजनीतिक दलहरुमा नयाँ अभियानको शुरुवात भएको अध्यक्ष आत्रेयले बताए । उनले तालिममा सहभागी कृषकहरुलाई व्यवसायका लागि थप दक्ष बनाउन महत्वपूूर्ण भूूमिका खेल्ने विश्वास व्यक्त गरे । अध्यक्ष आत्रेयले लामो समयदेखि कुखुरापालन गर्दै आएका कृषक तथा उद्यमीहरुलाई कुखुरापालनबाट राम्रो आम्दानी गराउने तथा लागत कम हुने खालका तरिका सिकाउन विशेष तालिम सञ्चालन गरिएको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update