Shittalpati
पाल्पा महाशिवरात्रि : भक्तजनहरुको भिड, पुर्व युवराज पारस समेत पाल्पामा  

तानसेन, हिन्दुहरुको पवित्रपर्व महाशिवरात्रीको अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरुमा  भगवान शिवको पुजाआजा तथा भजन किर्तन गर्ने भक्तजनहरुको भिडभाड रहेको छ । 

 हिन्दुधर्ममा  देवका  पनि महादेवको  रुपमा भगवान शिवलाई पुजाआजा भजन कृर्तन गर्ने परम्परा रहेको छ ।  भगवान शिवको पुजा पाठ गर्न भजन कृर्तनको लागि विहानै देखी भक्तजनहरु पाल्पाका शिवमन्दिरहरुमा पुगेका छन् । भगवान शिवजीको उत्पत्ति भएको दिनको रुपमा  हिन्दुहरुले महाशिवरात्री पर्व मान्दै आएको पौराणिक कथन रहेको पाईन्छ ।   तानसेनको नारायणस्थानमा १०८ गौमुखे धारासहित १ हजार ६ सय किलोको शिवलिङ्ग स्थापना गरी, मुर्तिको प्राण प्रतिष्ठा, रुद्री पाठ गरी शिव आरधना गरिएको छ । पाल्पामा तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकाली बराङ्दीको महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम  तानसेनको ठुटेपिपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका स्थानका  शिवालय मन्दिरहरुमा भक्तजनहरुको भिडभाड रहेको छ ।     

 शिवरात्रीको दिनमा भगवान शिवको पुजाआजा भजनकिर्तन गर्ने, उपवास बसेमा मनको कामना पुरा हुने जनविश्वास रहदै आएको छ ।  भगवान शिवलाई वेलपत्र, भिष भाङ धतुरो चढाउने परम्परमा पनि रहदै आएको छ । 

पुर्व युवराज पारस शाहले पाल्पामा गरे  शिव पुजा र आराधना
पुर्व युवराज पारस शाहले पाल्पाको बगनासकाली गाउँपालिका वडा नंं ९ बराङ्दीमा रहेको महामृत्युञ्जय शिवासन शिव पुजा सहित आराधना गरेका छन् । पुर्व युवराज पारर पाल्पामा शिव पुजाको लागि आएको पहिलो पटक हो ।  मन्दिरमा केही समय सर्वधारणहरुको पुजा आजा रोकेर पुर्व युवराज पारसले महामृत्युञ्जय शिवासनमा शिवको नित्य पुजा गरेका हुन् । पुर्व युवराज पारसले शिबलिङ्गमा जलधारा, दुधधारा, घिउबाट स्नान गराएका थिए । सोही अवसरमा पुजारीहरुले पुर्व युवराज समक्ष शिवलिङ्गमा भष्म उठाउने, भष्म लगाउने गरेका थिए । मन्दिरमा पुर्व युवराज पारसलाई हेर्न मानिसकहरुको भिडभाड बढेको थियो । पारससंगै राप्रपा पाल्पाका जिल्ला अध्यक्ष डुल बहादुर कुवँर सहित नेता तथा कार्यकर्ताहरु शिव मन्दिर दर्शनमा पुगेका थिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update